काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट व्यवसायीले करिब ‘क्लिन स्वीप’ गरेका छन् ।
नाट्टाको ५९औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा दुई वर्षे कार्यकालका लागि रास्वपा समर्थित भरतजंग अध्यक्षमा विजयी भएका हुन् ।
शनिबार सम्पन्न मतदानमा कुल ४ सय ५३ मत खसेको थियो । पाण्डे १ सय ८८ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी युबिका भण्डारीले १ सय ५८ मत पाइन् ।
अध्यक्षकी अर्की प्रत्यासी जिस्वाँ तुलाधर श्रेष्ठले १ सय ६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सबै पदाधिकारी रास्वपा समर्थित व्यवसायीले जितेका छन् । कार्यसमिति सदस्यमा रास्वपाका ५ र भण्डारी समूहका ३ जना विजयी भए ।
वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिव राजकुमार देवकोटा र सचिवमा रमेश पराजुली, कोषाध्यक्ष दिकी शेर्पा र सह–कोषाध्यक्षमा जीवन कोइराला विजयी भए ।
यस्तै सदस्यमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल विजयी भए ।
