Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग राष्ट्रियसभा सदस्यको माग

काठमाडौँ, १३ जेठः राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभाको बैठक । तस्बिरः गोपाल दाहाल/रासस
अ+ अ-

काठमाडौँ। खाना पकाउने ग्यासको अभाव समाधान गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन राष्ट्रियसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको सोमबार बसेको बैठकको शून्य समयमा सांसदहरूले राष्ट्रियसभा अध्यक्षमार्फत ग्यास आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका हुन्।

सांसद गीता देवकोटाले ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन, कालोबजारी नियन्त्रण गर्न तथा पर्याप्त ग्यास भण्डारणको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। सांसद रञ्जित कर्णले ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको भन्दै खाना पकाउने ग्यासको विकल्पतर्फ पनि ध्यान दिनुपर्ने बताए।

त्यस्तै, सांसद रोश्नी मेचेले सर्वसाधारणलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।

शून्य समयमा बोल्दै सांसदहरूले रोल्पा, जाजरकोटलगायत जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित तथा विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरे।

सांसद मिना सिंह रखालले विपद् प्राकृतिक घटना मात्र नभई पूर्वतयारी, उद्धार तथा संकटका बेला राज्यको तत्काल उपस्थितिको समेत परीक्षा भएको बताइन्।

सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिन माग गरे। त्यस्तै, सांसद रामकुमारी झाँक्रीले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने गृहमन्त्री तथा सुरक्षाकर्मीमाथि अनावश्यक लाञ्छना लगाइएको भन्दै आपत्ति जनाइन्।

2