udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मरुवा रोगले गोरखामा चैते धान उत्पादनमा ठूलो गिरावट

मरुवा रोगले गोरखामा चैते धान उत्पादनमा ठूलो गिरावट
A A+ A-

गोरखा। मरुवा रोगको सङ्क्रमणका कारण गोरखामा यस वर्ष चैते धानको उत्पादन ३५ प्रतिशतले घटेको छ ।

जिल्लाको प्रमुख खाद्यबालीका रूपमा रहेको चैते धानमा मरुवा रोगको प्रकोप बढेपछि उत्पादनमा कमी आएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । कृषि प्रसार अधिकृत विवेक पौडेलका अनुसार गत वर्ष बाली भित्र्याउने समयमा परेको पानीका कारण किसानले त्यही धानलाई बीउका रूपमा प्रयोग गरेपछि रोगको सङ्क्रमण बढेको हो ।

गुणस्तरीय बीउ प्रयोग गर्दा रोगको जोखिम कम हुने भए पनि पानीमा भिजेको धान बीउका रूपमा प्रयोग गरिएकाले यस वर्ष समस्या देखिएको पौडेलले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब तीन हजार मेट्रिकटन चैते धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन घटेर करिब एक हजार पाँच सय मेट्रिकटनमा सीमित भएको छ ।

जिल्लाभर ७२५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकामा करिब पाँच हजार रोपनी क्षेत्रफलमा मरुवा रोगका कारण पूर्ण क्षति भएको पौडेलले जानकारी दिए । रोगको सङ्क्रमण भएको अन्य क्षेत्रमा समेत करिब १५ प्रतिशत उत्पादनमा क्षति पुगेको उनले बताए ।

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद तिवारीका अनुसार मरुवा रोगका कारण जिल्लामा चैते धानमा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ६७ लाख रुपैयाँ खर्च गरेर चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम ६७ हेक्टर क्षेत्रफलमा सञ्चालन गरिएकोमा ३० हेक्टरमा लगाइएको धानमा मरुवा रोगले ५० प्रतिशतभन्दा बढी क्षति गरेको तिवारीले बताए ।

बाँकी २७ हेक्टर क्षेत्रफलबाट ९४ मेट्रिकटन धान उत्पादन भएको छ । रोगको प्रभावका कारण प्रवर्द्धन कार्यक्रमअन्तर्गत अपेक्षित उत्पादनभन्दा घटेर करिब १६० मेट्रिकटन धान मात्र उत्पादन भएको कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत कार्यालयले ८३० मिटर पक्की कुलो निर्माण गरी सिँचाइ सुविधा उपलब्ध गराएको थियो । किसानलाई उन्नत बीउ, हाते ट्याक्टर, स्प्रे ट्याङ्की, सिँचाइ मोटर, बोरा, त्रिपाल तथा कुटानी–पिसानी उपकरणसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका र सिरानचोक गाउँपालिका आसपासका क्षेत्रमा मुख्य रूपमा चैते धान खेती हुँदै आएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action