Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बीवाईडीका गाडीमा एनसेलको आईओटी सिम

अ+ अ-

काठमाडौं । एनसेल र नेपालका लागि बीवाईडीका आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउने साझेदारी भएको छ । साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिने भएको छ ।

आईओटी सिममार्फत सवारीसाधनमा अतिरिक्त उपकरण, मोबाइल हटस्पट वा फोन कनेक्ट नगरी इन-भेइकल इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ । यसले बीवाईडीको एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

सिम जडान भएपछि सवारीसाधनको प्रणालीबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायत अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सकिनेछ । त्यस्तै, कनेक्टेड नेभिगेसनलगायतका सुविधामा पनि प्रत्यक्ष इन्टरनेट कनेक्टिभिटी उपयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको अनुभव थप सहज बनाउनेछ ।

यो सुविधा नयाँ बीवाईडी ग्राहकमा मात्र सीमित हुने छैन । यसअघि बीवाईडीका सवारीसाधन खरिद गरिसकेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक सर्भिस सेन्टरमार्फत आफ्नो सवारीमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन् ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका ग्राहकको कनेक्टेड ड्राइभिङ अनुभव थप उन्नत बनाउने बताए । उनका अनुसार भरपर्दो इन-भेइकल कनेक्टिभिटीले बीवाईडीका स्मार्ट सुविधाको प्रयोगलाई थप सहज बनाउनेछ ।

कनेक्टिभिटीको सुविधा सवारीसाधनको मोडल, सफ्टवेयर तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक हुन सक्ने कम्पनीले जनाएको छ । ग्राहकअनुसार कनेक्टिभिटी योजना, अवधि र शुल्क पनि सवारीसाधन वा सेवा प्याकेजअनुसार निर्धारण हुनेछ ।

2