Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ई व्यापार सूचीकृत नभए कारबाही

अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी विभागले दिएको छ।

विभागका अनुसार विद्युतीय व्यापार ऐन, २०८१ तथा विद्युतीय व्यापार निर्देशिका, २०८२ ले अनलाइन माध्यमबाट व्यापार गर्ने व्यवसायीका लागि निश्चित कानुनी व्यवस्था गरेको छ। वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल बजारमार्फत वस्तु वा सेवाको कारोबार गर्ने प्रणालीलाई विद्युतीय व्यापारको दायरामा राखिएको छ।

ऐनको दफा ४ अनुसार विद्युतीय माध्यमबाट व्यापार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय व्यापारिक प्रणाली वा प्लेटफर्म सञ्चालन गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, दफा ५ अनुसार आफ्नो व्यवसाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा सूचीकृत गर्नुपर्नेछ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीको संख्या बढेसँगै त्यस्ता कारोबारविरुद्ध उपभोक्ताका गुनासो पनि बढिरहेको विभागले जनाएको छ।

अनलाइन कारोबारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएको विभागको भनाइ छ। विभागले विद्युतीय माध्यमबाट कारोबार गर्ने व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई तोकिएको प्रक्रिया पूरा गरी अनिवार्य रूपमा सूचीकृत हुन आग्रह गरेको छ।

विभागले सूचीकृत नभई विद्युतीय माध्यमबाट व्यापार सञ्चालन गरेको पाइए विद्युतीय व्यापार ऐन, २०८१ तथा प्रचलित अन्य कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ।

2