udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनमा ह्वावेको आइटो एम९ को दबदबा

चीनमा ह्वावेको आइटो एम९ को दबदबा
A A+ A-

एजेन्सी । ह्वावेको प्रविधि साझेदारीमा उत्पादन भएको आइटो एम९ चीनको विलासी एसयूभी बजारमा प्रभावशाली बिक्री हासिल गर्न सफल भएको छ । पाँच लाख युआनभन्दा माथिको मूल्य समूहमा एम९ लगातार दुई महिनादेखि सर्वाधिक बिक्री हुने मोडल बनेको ह्वावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्सका कार्यकारी निर्देशक रिचर्ड युले बताएका छन् ।

पूर्ण विद्युतीय र एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल अर्थात् ईआरईभी पावरट्रेनमा उपलब्ध एम९ ले मेब्याक जीएलएस र अडी क्यू८ जस्ता स्थापित पश्चिमी ब्रान्डका मोडललाई समेत बिक्रीमा पछि पारेको दाबी गरिएको छ ।

चीनमा पछिल्लो समय विलासी सवारीको मूल्यांकन केवल डिजाइन र आराममा सीमित छैन । अत्याधुनिक प्रविधि, स्मार्ट ककपिट र चालक सहायता प्रणालीलाई समेत उपभोक्ताले विलासिताको महत्वपूर्ण हिस्सा मान्न थालेका छन् । यही प्रवृत्तिले एम९ को बजार विस्तारमा सहयोग पुगेको देखिन्छ ।

सेरेस ग्रुपले ह्वावेसँगको साझेदारीमा आइटो ब्रान्डका सवारी उत्पादन गर्दै आएको छ । एम९ यस ब्रान्डको फ्ल्यागशिप एसयूभी हो । यसको मानक संस्करण चीनमा बिक्रीमा आइसकेको छ भने लामो ह्विलबेससहितको अल्टिमेट संस्करण प्रि–सेलमा छ । यसको डेलिभरी सेप्टेम्बरबाट सुरु हुने अपेक्षा गरिएको छ ।

रिचर्ड युका अनुसार एम९ का करिब ३० प्रतिशत खरिदकर्ता यसअघि नै हिमा इकोसिस्टमका प्रयोगकर्ता हुन् । त्यस्तै अर्को ३० प्रतिशत अर्डर विलासी सुविधालाई प्राथमिकता दिने ग्राहकबाट आएको छ । यसले एम९ को ग्राहक आधारमा विद्युतीय सवारीका नियमित प्रयोगकर्तासँगै थप प्रिमियम एसयूभी खोज्ने ग्राहकको हिस्सा पनि उल्लेख्य रहेको देखाउँछ ।

अल्टिमेट एम९ मा मानक संस्करणको तुलनामा थप क्याबिन स्पेस र विलासी सामग्री प्रयोग गरिएको छ । काठको ट्रिम तथा पछाडिबाट उज्यालो दिने ब्याक–इलुमिनेटेड ब्याजजस्ता सुविधा थपिएका छन् । यसको मूल्य ६ लाख ४९ हजार ८ सयदेखि ६ लाख ५९ हजार ८ सय युआनसम्म छ । मानक एम९ को मूल्य ४ लाख ७९ हजार ८ सयदेखि ५ लाख ४९ हजार ८ सय युआनसम्म पर्छ । एम९ का अर्डरको औसत कारोबार मूल्य करिब ६ लाख युआन रहेको युको दाबी छ ।

प्राविधिक रूपमा एम९ ८०० भोल्ट आर्किटेक्चरमा आधारित छ । पूर्ण विद्युतीय संस्करणमा सीएटीएलको १२० किलोवाट आवर टर्नरी एनएमसी ब्याट्री प्रयोग गरिएको छ । यसले संस्करणअनुसार सीएलटीसी मापदण्डमा ७०० देखि ७५० किलोमिटरसम्मको रेन्ज दिन्छ । सबै ईभी संस्करणमा अल ह्विल ड्राइभ उपलब्ध छ र दुई मोटरले संयुक्त रूपमा ४९७ किलोवाट अर्थात् करिब ६६६ हर्सपावर उत्पादन गर्छन् ।

ईआरईभी संस्करणमा ६० र ७५.४ किलोवाट आवरका ब्याट्री विकल्प छन् । तिनले क्रमशः ३४० र ४२२ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिन्छन् । दुवै संस्करणमा १.५ लिटर टर्बोचार्ज्ड रेन्ज एक्सटेन्डर प्रयोग गरिएको छ ।

अल्टिमेट ईआरईभीमा भने अझ शक्तिशाली तीन मोटरको संयोजन छ । यसले चारवटै पांग्रामा संयुक्त रूपमा ६६४ किलोवाट अर्थात् करिब ८९० हर्सपावर शक्ति पठाउँछ । यस संस्करणमा ७५.४ किलोवाट आवरको ब्याट्री र २ लिटरको टर्बोचार्ज्ड रेन्ज एक्सटेन्डर प्रयोग गरिएको छ । यसको संयुक्त इलेक्ट्रिक रेन्ज ३७८ किलोमिटर रहेको छ ।

आकारमा पनि अल्टिमेट एम९ मानक संस्करणभन्दा ठूलो छ । मानक एम९ को लम्बाइ ५२८५ मिलिमिटर, चौडाइ २०२६ मिलिमिटर र उचाइ १८४५ मिलिमिटर छ । यसको ह्विलबेस ३१२५ मिलिमिटर छ । अल्टिमेटको चौडाइ र उचाइ समान भए पनि ह्विलबेस ३२३६ मिलिमिटर पुगेको छ र कुल लम्बाइ ५४०२ मिलिमिटर छ ।

एम९ को अर्को प्रमुख आकर्षण ह्वावेको एडीएस ५.० असिस्टेड ड्राइभिङ प्रणाली हो । यसमा ६ वटा लिडार, पाँचवटा मिलिमिटरवेभ रडार, १२ वटा अल्ट्रासोनिक रडार र १२ वटा क्यामरा प्रयोग गरिएको छ । प्रणालीले नेभिगेसन–अन–अटोपाइलट तथा स्वचालित पार्किङजस्ता सुविधा प्रदान गर्छ ।

चाइना ईभी डाटाट्र्याकरका अनुसार आइटोले सन् २०२६ जुलाईमा ९ हजार ६३९ वटा एम९ आन्तरिक बजारमा डेलिभर गरेको थियो । यसअघि जुनमा नयाँ संस्करण सार्वजनिक भएको पहिलो महिनामै मासिक १० हजार युनिटको बिक्री पार गरेको कम्पनीको दाबी छ ।

बिक्री तथ्यांकले एम९ लाई चीनको प्रिमियम एसयूभी बजारमा स्थापित हुँदै गएको मोडलका रूपमा देखाएको छ । ह्वावेको सफ्टवेयर तथा चालक सहायता प्रविधि र सेरेसको उत्पादन क्षमताको संयोजनले एम९ लाई परम्परागत विलासी एसयूभी ब्रान्डसँग प्रत्यक्ष प्रतिस्पर्धामा पुर्‍याएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action