काठमाडौं । हुवावेले नयाँ स्मार्टवाच ‘हुवावे वाच फिट ५ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि हुवावेका उपभोक्ता उत्पादनको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले घडी बजारमा ल्याएको हो।
नयाँ स्मार्टवाचमा स्वास्थ्य निगरानी, कसरत तथा बाहिरी गतिविधिका लागि विभिन्न उन्नत सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। घडी खरिद गर्ने ग्राहकलाई सीमित अवधिका लागि ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने ‘हुवावे फ्रीबड्स एसई २’ निःशुल्क उपलब्ध गराउने योजना पनि कम्पनीले ल्याएको छ।
हुवावे वाच फिट ५ प्रोको मूल्य ४३ हजार ९९० रुपैयाँ तोकिएको छ। यो कालो, सेतो तथा सुन्तला–खैरो नायलन स्ट्र्यापसहित उपलब्ध हुनेछ।
घडीमा १.९२ इन्चको डिस्प्ले, १.८ मिलिमिटरको पातलो बेजेल र अधिकतम ३ हजार निटसम्मको चमक रहेको छ। कम्पनीका अनुसार यसले प्रत्यक्ष घाममा समेत स्क्रिन स्पष्ट देख्न सहज बनाउँछ।
घडीमा ३० सेकेन्डदेखि केही मिनेटसम्मका निर्देशित व्यायामका लागि ‘छोटो कसरत विधि’ उपलब्ध छ। त्यस्तै, बाहिरी गतिविधिका लागि ‘कच्ची बाटोमा दौडिने विधि’ राखिएको छ, जसले दिशानिर्देशन, उचाइ र गन्तव्यसम्म पुग्न लाग्ने अनुमानित समय देखाउने कम्पनीले जनाएको छ।
गल्फ खेलाडीका लागि विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, ग्रिन दृश्य र प्रहार विश्लेषणलगायत सुविधा उपलब्ध छन्।
स्वास्थ्य निगरानीतर्फ घडीमा मुटुको धड्कनको अनियमितता अर्थात् ए–फिबको निगरानी, ईसीजी तथा रक्तनलीको कडापनसम्बन्धी मापन सुविधा रहेको कम्पनीले जनाएको छ। महिलाका लागि नाडीको तापक्रम मापनसहितका स्वास्थ्य निगरानी सुविधा पनि समावेश गरिएको छ।
ब्याट्री सामान्य प्रयोगमा १० दिनसम्म र निरन्तर प्रयोगमा ७ दिनसम्म टिक्ने दाबी कम्पनीको छ।
हुवावे वाच फिट ५ प्रो देशभर ४३ हजार ९९० रुपैयाँमा उपलब्ध रहेको कल मोबिलिटीले जनाएको छ। फ्रीबड्स एसई २ उपहार योजना भने सीमित अवधिका लागि मात्र लागू हुनेछ।
