Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एप्पलले ल्याउँदैछ क्यामरा एयरपड्स

अ+ अ-

एजेन्सी । एप्पलले क्यामरा जडान गरिएको नयाँ पुस्ताको एयरपड्स सार्वजनिक गर्ने तयारी तीव्र पारेको संकेत मिलेको छ। कम्पनीको म्याकओएस टाहो २६.७ को रिलिज क्यान्डिडेटमा भेटिएको डेमो भिडियोले क्यामरा र भिजुअल इन्टेलिजेन्ससहितको नयाँ एयरपड्स विकास भइरहेको पुष्टि गरेको छ।

म्याकरुमर्सले पहिलोपटक फेला पारेको डेमोमा एक व्यक्तिले नयाँ पुस्ताको एयरपड्स लगाएर हातमा किताब समातेको देखिन्छ। भिडियोमा सिरीको आवाजले प्रयोगकर्ताले देखिरहेको वस्तु पहिचान गर्ने र आवश्यक जानकारी सुरक्षित राख्ने क्षमताबारे जानकारी दिन्छ।

डेमोमा देखाइएको प्रविधिले एयरपड्समा रहेको क्यामराले प्रयोगकर्ताको वरपरको दृश्यसम्बन्धी जानकारी संकलन गर्ने र त्यसलाई एप्पलको भिजुअल इन्टेलिजेन्स प्रणालीमा पठाउने देखिन्छ। यसमार्फत सिरीले प्रयोगकर्ताले हेरिरहेको वस्तु वा वातावरणबारे प्रश्नको उत्तर दिन तथा पछि आवश्यक पर्ने जानकारी सम्झन सहयोग गर्ने अपेक्षा गरिएको छ।

सफ्टवेयरमा राखिएको चेतावनीमा एयरपड्सको क्यामरा प्रयोगकर्ताको कपालले नछोपिएको सुनिश्चित गर्न भनिएको छ। यसबाट क्यामराले वरपरको दृश्य पहिचान गर्ने प्रणालीसँग प्रत्यक्ष रूपमा काम गर्ने संकेत मिलेको छ।

ब्लूमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानले यसअघि नै एप्पलले क्यामरा जडान गरिएको एयरपड्स विकास गरिरहेको बताएका थिए। उनका अनुसार एयरपड्समा राखिने क्यामराले कम रिजोलुसनको दृश्य जानकारी संकलन गर्नेछ। यसले एप्पलको कृत्रिम बौद्धिकता प्रणालीलाई प्रयोगकर्ताको वरपरको वातावरण बुझ्न थप क्षमता दिनेछ।

नयाँ एयरपड्स बी७९० कोडनेमअन्तर्गत विकास भइरहेको बताइएको छ। म्याकओएस टाहो २६.७ मा बी७९० सँग सम्बन्धित विभिन्न कोड भेटिएका छन्। तीमध्ये इमेज स्ट्रिमसँग सम्बन्धित कोडसमेत रहेको बताइएको छ।

डेमो भिडियोमा देखिएको उपकरण हालको एयरपड्स प्रोको डिजाइनसँग मिल्दोजुल्दो छ। तर नयाँ मोडलको डाँठ केही बाक्लो देखिन्छ। गुरम्यानले यसअघि क्यामरा एयरपड्सको डाँठमा राखिने सम्भावना औँल्याएका थिए।

एप्पलले बी७९० पछि अर्को क्यामरा एयरपड्समा समेत काम गरिरहेको बताइएको छ। बी७९८ कोडनेम दिइएको उक्त मोडल सन् २०२७ मा सार्वजनिक हुन सक्ने अनुमान छ।

बी७९० भने आगामी सेप्टेम्बरमै सार्वजनिक हुन सक्ने गुरम्यानको अनुमान छ। यदि त्यस्तो भएमा नयाँ एयरपड्स एप्पलको आगामी आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र फोल्डेबल आईफोन अल्ट्रासँगै सार्वजनिक हुन सक्छ।

क्यामरा एयरपड्सको सम्भावित सार्वजनिक समय एप्पलले लामो समयदेखि विकास गरिरहेको नयाँ पुस्ताको सिरीसँग पनि जोडिन सक्छ। एप्पलले आफ्ना उपकरणमा कृत्रिम बौद्धिकताको प्रयोग विस्तार गरिरहेका बेला क्यामरा एयरपड्सले भौतिक संसारबाट सूचना संकलन गरेर एआई प्रणालीसँग जोड्ने नयाँ माध्यम उपलब्ध गराउनेछ।

यसले एप्पललाई मेटाको रे-ब्यान स्मार्ट ग्लाससँग थप प्रत्यक्ष प्रतिस्पर्धामा ल्याउनेछ। मेटाका स्मार्ट चस्माले क्यामरा र एआईको प्रयोगमार्फत प्रयोगकर्ताको वरपरको वस्तु तथा वातावरण पहिचान गर्दै विभिन्न सूचना उपलब्ध गराउँदै आएका छन्।

तर क्यामरा एयरपड्ससँगै गोपनीयताको प्रश्न पनि जोडिएको छ। क्यामरा फोटो वा भिडियो खिच्नका लागि नभई दृश्य पहिचान तथा एआई प्रक्रियाका लागि प्रयोग हुने बताइए पनि प्रयोगकर्ताको वरपरको दृश्य कहिले र कसरी संकलन हुन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ।

विशेषगरी सार्वजनिक स्थानमा एयरपड्स लगाएका व्यक्तिले वरपरको दृश्य एआई प्रणालीमा पठाइरहेको अवस्थामा अन्य व्यक्तिको गोपनीयता कसरी सुरक्षित गरिन्छ भन्ने प्रश्न उठ्न सक्छ। एप्पलले यस विषयमा स्पष्ट प्राविधिक तथा नीतिगत जानकारी सार्वजनिक गर्न बाँकी छ।

एप्पलले क्यामरा जडान गरिएको एयरपड्सको आधिकारिक घोषणा भने गरेको छैन। यद्यपि म्याकओएसको रिलिज क्यान्डिडेटमा सार्वजनिक नभएको उपकरणसँग सम्बन्धित डेमो र कोड देखिनुले उत्पादन विकासको महत्वपूर्ण चरणमा पुगेको संकेत गरेको छ।

यदि सेप्टेम्बरमा नयाँ एयरपड्स सार्वजनिक भयो भने एप्पलको वायरलेस इयरबड्स रणनीतिमा यो अहिलेसम्मकै ठूलो परिवर्तन हुनेछ। एयरपड्सलाई संगीत सुन्ने र कल गर्ने उपकरणबाट प्रयोगकर्ताको वरपरको संसार बुझ्ने एआई उपकरणमा रूपान्तरण गर्ने एप्पलको प्रयासका रूपमा यसलाई हेरिएको छ।

2