काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।
कम्पनीले सेयरधनीलाई वितरण गरेको ९.५ प्रतिशत बोनसबापतको ३ लाख ४ हजार ६८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
बोनस सेयर सूचीकृत भएसँगै कम्पनीको नेप्सेमा सूचीकृत कुल सेयर संख्या ३५ लाख ११ हजार ८५२ कित्ता पुगेको छ।
नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
