Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अन्डाको मूल्य फेरि बढ्यो

अ+ अ-

काठमाडौँ । बजारमा अन्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अन्डाको समर्थन मूल्य बढाएको हो।

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। ठूलो आकारको अन्डा प्रतिक्रेट ५७५ रुपैयाँ र मिडियम आकारको अन्डा ५३५ रुपैयाँ कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ तोकिएको छ।

संघले यसपटक अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो। यसअघि गत साउन ३० गतेदेखि एक्सएल अन्डाको मूल्य ५७५, ठूलोको ५६० र मिडियमको ५२० रुपैयाँ निर्धारण गरिएको थियो।

साउनयता अन्डाको मूल्यमा भएको यो पाँचौँ संशोधन हो। साउनको सुरुआतमा एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकोमा महिनाको अन्त्यसम्म ५७५ रुपैयाँ पुगेको थियो। भदौ सुरु भएसँगै थप १५ रुपैयाँ बढेपछि एक्सएल अन्डाको मूल्य ५९० रुपैयाँ कायम भएको हो।

व्यवसायीका अनुसार उत्पादन घटेका कारण अन्डाको आपूर्ति र मागबीच असन्तुलन बढेको छ। बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य कमी आएको उनीहरूको दाबी छ।

उत्पादन घटेकाले बजारको मागअनुसार अन्डाको आपूर्ति गर्न कठिन भइरहेको र त्यसकै प्रभावस्वरूप फार्म समर्थन मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।

2