Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इनर्जी ड्रिंकले स्वास्थ्य बिगार्न सक्छ

अ+ अ-

काठमाडौं । लामो समय काम गर्न, पढ्न, जिममा सक्रिय रहन वा तत्काल ऊर्जा प्राप्त गर्न युवामाझ इनर्जी ड्रिंकको प्रयोग बढ्दो छ। केही समयका लागि शरीरलाई सक्रिय र जागरुक बनाए पनि नियमित तथा अत्यधिक सेवन स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ।

इनर्जी ड्रिंकमा मुख्यतः क्याफिन र चिनीसँगै ग्वाराना, जिनसेंग, टोरिन तथा बी–भिटामिनजस्ता पदार्थ पाइन्छन्। क्याफिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गर्ने भएकाले तत्काल थकान कम भएको र ऊर्जा बढेको महसुस हुन्छ। तर धेरै क्याफिन सेवन गर्दा बेचैनी, हातखुट्टा काम्ने, टाउको दुख्ने, निद्रामा समस्या र रक्तचाप बढ्ने समस्या हुन सक्छ।

एकैपटक धेरै इनर्जी ड्रिंक पिउँदा वा कफी, प्रि–वर्कआउट सप्लिमेन्ट तथा अन्य क्याफिनयुक्त पेयसँगै सेवन गर्दा शरीरमा क्याफिनको मात्रा अत्यधिक हुन सक्छ। ग्वारानामा समेत क्याफिन हुने भएकाले यसको कुल मात्रा थप बढ्न सक्छ।

अत्यधिक क्याफिन र अन्य उत्तेजक पदार्थले मुटुको धड्कन तीव्र हुने तथा धड्कनको लयमा समस्या ल्याउन सक्ने जोखिम हुन्छ। विशेषगरी उच्च रक्तचाप, मुटुसम्बन्धी रोग वा मुटुको धड्कनमा समस्या भएका व्यक्तिले यस्तो पेय सेवन गर्दा थप सावधानी अपनाउनुपर्छ।

चिनी पनि अर्को जोखिम

धेरैजसो इनर्जी ड्रिंकमा चिनीको मात्रा उच्च हुन्छ। चिनीले तत्काल ऊर्जा दिएको महसुस गराए पनि नियमित रूपमा धेरै चिनी सेवन गर्दा तौल बढ्ने, इन्सुलिन प्रतिरोध र टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ।

धेरै चिनी भएका पेय पदार्थको नियमित सेवनले दाँतमा क्षय हुने सम्भावना पनि बढाउँछ। लामो समयसम्म मोटोपना र मधुमेहको जोखिम बढ्दा त्यससँग सम्बन्धित अन्य स्वास्थ्य समस्या पनि निम्तिन सक्छन्।

मिर्गौलामा कस्तो असर पर्छ

इनर्जी ड्रिंकले सबै व्यक्तिको मिर्गौलामा प्रत्यक्ष क्षति पुर्‍याउँछ भन्न मिल्दैन। तर अत्यधिक क्याफिन र चिनीको सेवनले मिर्गौलासम्बन्धी जोखिम बढाउन सक्छ।

धेरै क्याफिन सेवन गर्दा पिसाब बढी लाग्न सक्छ। पर्याप्त पानी नपिउँदा शरीरमा पानीको कमी हुने सम्भावना बढ्छ। दीर्घकालीन रूपमा धेरै चिनी सेवनले मोटोपना र मधुमेहको जोखिम बढाउने भएकाले त्यसबाट मिर्गौला रोगको जोखिमसमेत बढ्न सक्छ।

पहिल्यै दीर्घकालीन मिर्गौला रोग भएका व्यक्तिले इनर्जी ड्रिंक सेवन गर्नुअघि चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ।

निद्रा बिग्रिएपछि समस्या बढ्छ

इनर्जी ड्रिंकको नियमित सेवनले निद्राको गुणस्तर घटाउन सक्छ। त्यससँगै चिन्ता, बेचैनी, चिडचिडापन, टाउको दुख्ने र तौल बढ्ने समस्या देखिन सक्छ।

निद्रा पूरा नभएपछि थकान हटाउन फेरि इनर्जी ड्रिंक पिउने बानी बस्न सक्छ। यसले थकान, कम निद्रा र इनर्जी ड्रिंक सेवनको अस्वस्थ चक्र निम्त्याउन सक्छ।

बच्चा तथा किशोरकिशोरी, गर्भवती तथा स्तनपान गराइरहेका महिला, उच्च रक्तचाप वा मुटुसम्बन्धी समस्या भएका व्यक्ति र दीर्घकालीन मिर्गौला रोग भएका व्यक्तिले यस्तो पेय सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ।

त्यस्तै क्याफिनप्रति संवेदनशील, चिन्ता वा अनिद्राको समस्या भएका व्यक्तिले इनर्जी ड्रिंकबाट टाढा रहनु उचित हुन्छ।

तत्काल ऊर्जा चाहिएजस्तो महसुस भए पनि बारम्बार इनर्जी ड्रिंकमा निर्भर हुनु दीर्घकालीन समाधान होइन। बारम्बार थकान हुने व्यक्तिले पर्याप्त निद्रा, सन्तुलित आहार, पर्याप्त पानी र नियमित शारीरिक गतिविधिमा ध्यान दिनुका साथै थकानको वास्तविक कारण पहिचान गर्नु बढी सुरक्षित उपाय हो।

2