Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विदेशी पर्यटकलाई मास्टरकार्डको सहज भुक्तानी

अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब आफ्नो मास्टरकार्डमार्फत नेपालका विभिन्न क्यूआर मर्चेन्टमा सहजै डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्। मास्टरकार्डले नेपालको डिजिटल वालेट तथा क्यूआर भुक्तानी प्लेटफर्म मोकोसँग सहकार्य गर्दै ‘पे लोकल’ सेवा नेपालमा सुरु गरेको हो।

यसअन्तर्गत पर्यटकले आफ्नो मास्टरकार्डलाई ‘मोको ट्राभल एप’मा लिंक गरी नेपालपे र फोनपेका क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन्। एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ।

सेवामार्फत पर्यटकले नगद बोक्ने, मुद्रा साट्ने वा छुट्टै प्रिपेड खातामा रकम राख्ने झन्झटबाट मुक्ति पाउनेछन्। होटल, रेस्टुरेन्ट, खुद्रा पसल, स्थानीय बजार तथा अन्य पर्यटकीय व्यवसायमा रहेका क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

यसबाट स्थानीय व्यवसायीले पनि आफ्नै विद्यमान क्यूआर पूर्वाधारमार्फत अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिन सक्नेछन्।

मास्टरकार्डका कन्ट्री म्यानेजर सन्दुन हापुगोडाले पर्यटकले आफूसँग भएको कार्डबाट नेपालको ठूलो क्यूआर नेटवर्कमा भुक्तानी गर्न सक्ने भएकाले यसले यात्रा अनुभव सहज बनाउने बताए।

फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले विदेशी पर्यटकलाई नेपालको डिजिटल भुक्तानी प्रणालीसँग जोड्न सहकार्य महत्वपूर्ण रहेको बताए।

मास्टरकार्डले यसअघि चीन, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकामा पनि ‘पे लोकल’ सेवा सञ्चालनमा ल्याइसकेको छ। विश्वका २०० भन्दा बढी देशमा सञ्जाल रहेको मास्टरकार्डले डिजिटल भुक्तानी विस्तार गर्दै आएको छ।

2