काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ इलेक्ट्रिक एसयूभी ३५.९९ लाख रुपैयाँको विशेष प्रारम्भिक मूल्यमा बजारमा ल्याएको छ।
कम्पनीका अनुसार उक्त मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। त्यसपछि भिगो ई२ को नियमित मूल्य ३७.९९ लाख रुपैयाँ कायम हुनेछ।
थप सुविधा चाहने ग्राहकका लागि कम्पनीले भिगो ई२ प्लस पनि उपलब्ध गराएको छ। ई२ प्लसका लागि थप ८ लाख रुपैयाँ तिर्नुपर्नेछ। यसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।
भिगो ई२ मा ५१.८७ किलोवाट–आवर ब्याट्री र ९९ किलोवाटको मोटर रहेको छ। कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिन्छ। एसयूभीमा १९० एमएम ग्राउन्ड क्लियरेन्स र १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ।
यसमा २,७१५ एमएम ह्विलबेस, पाँच जनाका लागि फराकिलो क्याबिन र ५७२ लिटरको बुट स्पेस रहेको कम्पनीले जनाएको छ।
भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ टेलगेट’ र डीजेआई–सञ्चालित एडीएएसलगायतका फिचर छन्।
कम्पनीले भिगो ई२ लाई सहरको दैनिक आवतजावतसँगै पारिवारिक तथा लामो दूरीको यात्रालाई लक्षित गरिएको जनाएको छ। नेपालका विभिन्न भूगोलमा परीक्षण गरिएको दाबी गर्दै कम्पनीले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीलगायत क्षेत्रमा यसको क्षमता परीक्षण गरिएको बताएको छ।
एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले संशोधित मूल्यले नयाँ बजेटको सकारात्मक प्रभाव प्रतिबिम्बित गरेको बताए। उनका अनुसार ग्राहकको आवश्यकता र पहुँचलाई ध्यानमा राख्दै भिगोको फिचर, स्पेस र एसयूभी अनुभवलाई प्रतिस्पर्धी मूल्यमा ल्याइएको हो।
कम्पनीका अनुसार हाल नेपालभर २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा छन्। ग्राहकले एमएडब्लू वृद्धिका शोरुम तथा नाडा अटो शोमा रहेको नामीको स्टलबाट भिगो ई२ अवलोकन तथा बुकिङ गर्न सक्नेछन्।
