Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

विश्वकै ठूलो विद्युतीय विमान उड्यो

विश्वकै ठूलो विद्युतीय विमान उड्यो
सांकेतिक तस्विर
A A+ A-

एजेन्सी । विद्युतीय सवारीपछि अब हवाई क्षेत्रमा पनि ब्याट्रीबाट चल्ने प्रविधिले व्यावसायिक उडानको सम्भावना देखाउन थालेको छ । स्विडेनको हार्ट एरोस्पेसले विकास गरेको पूर्ण विद्युतीय एक्स१ डेमोन्स्ट्रेटर विमानले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

न्यूयोर्कको प्लाट्सबर्ग अन्तर्राष्ट्रिय विमानस्थलस्थित कम्पनीको परीक्षण केन्द्रबाट अगस्ट १२ मा गरिएको उडान करिब २७ मिनेट चलेको थियो । परीक्षणका क्रममा विमान १ हजार १०० फिट अर्थात् ३३५ मिटर उचाइसम्म पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्स१ को पूर्ण विद्युतीय प्रोपल्सन प्रणालीले परीक्षणका क्रममा १ मेगावाटभन्दा बढी ऊर्जा प्रदान गरेको थियो । करिब २५ हजार पाउन्डभन्दा बढी तौल रहेको विमानको उक्त उडानमा खपत भएको विद्युत्को लागत करिब ५ अमेरिकी डलर मात्र परेको दाबी गरिएको छ ।

हार्ट एरोस्पेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्डर्स फोर्सलुन्डले एक्स१ को परीक्षणले व्यावसायिक विमानको स्तरमा पूर्ण विद्युतीय उडान सम्भव हुने आधार प्रस्तुत गरेको बताएका छन् । उनका अनुसार विद्युतीय व्यावसायिक विमानले एयरलाइन्सको सञ्चालन लागत घटाउनुका साथै यात्रुको हवाई यात्रा पनि सस्तो बनाउन सक्ने सम्भावना छ ।

एक्स१ को पखेटाको फैलावट १०६ फिट (३२.३ मिटर) र लम्बाइ ७६ फिट (२३.१ मिटर) रहेको छ । कम्पनीले परीक्षणको मुख्य उद्देश्य व्यावसायिक एयरलाइन सञ्चालनसँग मेल खाने स्तरमा विद्युतीय प्रणोदन प्रणालीको क्षमता परीक्षण गर्नु रहेको जनाएको छ ।

हार्ट एरोस्पेसले भविष्यमा साना विमानस्थललाई समेत जोड्ने गरी किफायती र कम प्रदूषण गर्ने क्षेत्रीय हवाई सेवा विकास गर्ने लक्ष्य राखेको छ । ब्याट्री प्रविधिको क्षमता बढ्दै गएसँगै छोटो दूरीका क्षेत्रीय उडानमा विद्युतीय विमान प्रयोग गर्ने सम्भावना बढिरहेको छ ।

विश्वभर हवाई इन्धनको मूल्यमा हुने उतारचढाव र उड्डयन क्षेत्रबाट हुने कार्बन उत्सर्जन घटाउने दबाबबीच विद्युतीय विमान प्रविधिको विकासलाई महत्वपूर्ण मानिएको छ । इन्धनको सट्टा विद्युत् प्रयोग गर्न सके एयरलाइन्सको सञ्चालन खर्च र तेलको अन्तर्राष्ट्रिय बजारमा निर्भरता घटाउन सकिने अपेक्षा छ ।

एयर क्यानडाका कार्यकारी उपाध्यक्ष तथा सीएफओ जोन डी बर्टका अनुसार उड्डयन क्षेत्रको ऊर्जा रूपान्तरणका लागि सञ्चालन दक्षता, दिगो हवाई इन्धन र नयाँ विमान प्रविधिको विकास समान रूपमा आवश्यक छन् ।

2