काठमाडौं । डिप्रोक्स–नेपालले आफ्नो ३३औँ वार्षिक साधारण सभा आगामी असोज ८ गते बिहीबार आयोजना गर्ने भएको छ।
संस्थाको सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा बिहान साढे ११ बजे काठमाडौंको थापाथलीस्थित डिप्रोक्स–नेपालको केन्द्रीय कार्यालयमा बस्नेछ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्षको प्रतिवेदन प्रस्तुत गरी छलफल तथा पारित गरिनेछ। यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ।
त्यस्तै, सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्तावसमेत साधारण सभाको कार्यसूचीमा राखिएको छ। विविध विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने प्रस्ताव पनि सभामा पेश गरिने संस्थाले जनाएको छ।
