Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हेटौंडा कपडा उद्योगमा मन्त्री यादव

अ+ अ-

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारी तयारी अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योग परिसरको स्थलगत निरीक्षण गर्दै पुनः सञ्चालनको तयारीबारे जानकारी लिएकी हुन्।

मन्त्री यादवलाई उद्योगमा खटिएको नेपाली सेनाको प्राविधिक टोलीले उद्योगको वर्तमान अवस्था, पुराना मेसिन तथा तानको मर्मतसम्भार, विद्युत् प्रणाली र परीक्षण उत्पादनबारे जानकारी गराएको थियो। सेनाको प्राविधिक सहयोगमा उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली मर्मत तथा पुराना मेसिन र तानको परीक्षण भइरहेको छ।

गत साउनमा सेनाको प्राविधिक टोलीकै सहयोगमा उद्योगमा प्रारम्भिक परीक्षण उत्पादनसमेत सफल भइसकेको छ। परीक्षण उत्पादन सफल भएपछि सरकारले उद्योगलाई व्यावसायिक उत्पादनमा लैजाने सम्भावनाबारे थप प्राविधिक अध्ययन गरिरहेको छ।

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। कुनै समय सरकारी स्वामित्वको महत्वपूर्ण औद्योगिक प्रतिष्ठानका रूपमा रहेको उद्योग बढ्दो प्रशासनिक खर्च, प्रविधिमा लगानीको अभाव, विद्युत् समस्या, श्रम विवाद तथा विदेशबाट आउने सस्तो कपडासँग प्रतिस्पर्धा गर्न नसकेपछि बन्द भएको थियो।

बन्द भएपछि उद्योग पुनः सञ्चालन गर्ने योजना सरकारले पटकपटक अघि सारे पनि ती योजना व्यवहारमा कार्यान्वयन हुन सकेका थिएनन्। यसपटक भने सरकारले उद्योगको पुनर्जीवनलाई प्राथमिकतामा राख्दै नेपाली सेनालाई प्राविधिक अध्ययन, मेसिन मर्मत र परीक्षण उत्पादनको जिम्मेवारी दिएको छ।

सरकारको दीर्घकालीन योजना हेटौंडा कपडा उद्योगबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक पोसाक तथा अन्य कपडा स्वदेशमै उत्पादन गर्ने रहेको छ। यसबाट सरकारी निकायले आयात गर्ने कपडाको खर्च घटाउने र स्वदेशी उत्पादनलाई बजार सुनिश्चित गर्ने सरकारको अपेक्षा छ।

उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै स्वदेशी कपडा उत्पादन बढ्ने सरकारको दाबी छ। आयात प्रतिस्थापन र औद्योगिक उत्पादन विस्तारलाई समेत यस योजनासँग जोडिएको छ।

तर उद्योग पुनः सञ्चालन गर्नु मेसिन चलाउनु मात्रै होइन। उद्योगसँग पर्याप्त जग्गा र पुरानो संरचना भए पनि आधुनिक प्रविधि, ठूलो लगानी, नियमित विद्युत् आपूर्ति, दक्ष जनशक्ति, बजार सुनिश्चितता र व्यावसायिक व्यवस्थापन आवश्यक पर्ने विज्ञ तथा व्यवसायीहरूको भनाइ छ।

सरकारले यसअघि पनि सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने घोषणा गर्दै आएको थियो। त्यसैले हेटौंडा कपडा उद्योगको हकमा पनि प्रारम्भिक परीक्षणपछि योजना रोकिएर नबस्ने गरी स्पष्ट लगानी, उत्पादन र बजारको कार्ययोजना आवश्यक देखिएको छ।

मन्त्री यादवले हेटौंडा कपडा उद्योगसँगै बन्द रहेका अन्य रुग्ण सरकारी उद्योगलाई समेत क्रमशः पुनः सञ्चालनमा ल्याउने सरकारको नीति रहेको बताउँदै आएकी छन्। अब हेटौंडामा भएको सफल परीक्षण उत्पादनलाई नियमित व्यावसायिक उत्पादनमा रूपान्तरण गर्नु सरकारका लागि मुख्य चुनौती बनेको छ।

2