Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

९६ प्रतिशत चन्द्रमा छायामा पर्दै

९६ प्रतिशत चन्द्रमा छायामा पर्दै
A A+ A-

काठमाडौं । अगस्ट २७ र २८ को मध्यरातमा आकाशमा यस वर्षको निकै गहिरो आंशिक चन्द्रग्रहण देखिने भएको छ । ग्रहणका क्रममा पृथ्वीको छायाले चन्द्रमाको करिब ९६.२ प्रतिशत भाग ढाक्नेछ । चन्द्रमाको अधिकांश भाग पृथ्वीको घना छायामा पर्दा यो गाढा रातो वा रातो–सुन्तला रंगमा देखिन सक्नेछ ।

खगोलीय गणनाअनुसार ग्रहणको आंशिक चरण अगस्ट २८ को ०२ः३३ यूटीसीमा सुरु हुनेछ र ०४ः१२ यूटीसीमा अधिकतम अवस्थामा पुग्नेछ । सम्पूर्ण ग्रहणका विभिन्न चरण करिब ५ घण्टा ३८ मिनेटसम्म चल्नेछन् भने आंशिक ग्रहणको अवधि ३ घण्टा १८ मिनेट रहनेछ ।

ग्रहणका क्रममा चन्द्रमा पूर्ण रूपमा अँध्यारो भने हुनेछैन । सूर्यको प्रकाश पृथ्वीको वायुमण्डल हुँदै छानिएर र मोडिएर चन्द्रमासम्म पुग्दा रातोतर्फको प्रकाश बढी प्रभावशाली हुन्छ । यही कारण चन्द्रमाको अधिकांश भाग गाढा रातो देखिन सक्छ । पूर्ण चन्द्रग्रहणमा देखिने यही प्रभावलाई सामान्यतया ‘ब्लड मुन’ भनिन्छ । यसपटक भने ग्रहण आंशिक भएकाले चन्द्रमाको एउटा सानो भाग प्रत्यक्ष सूर्यप्रकाशमा रहनेछ ।

यो ग्रहण उत्तरी तथा दक्षिणी अमेरिका, युरोपका केही भाग र अफ्रिकाका केही क्षेत्रमा देखिनेछ । करिब ३ अर्ब ३० करोड मानिसले कुनै न कुनै रूपमा ग्रहण अवलोकन गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकाको पश्चिमी क्षेत्रमा सूर्यास्तपछि ग्रहणको उत्कर्षतर्फको अवस्था देखिनेछ भने पूर्वी तटीय क्षेत्रमा मध्यरात आसपास चरम अवस्था देखिनेछ । युरोप र अफ्रिकाका केही भागमा भने सूर्योदयअघि ग्रहण अवलोकन गर्न सकिनेछ ।

तर नेपालसहित भारत, चीन, जापान र अस्ट्रेलियाबाट भने यो आंशिक चन्द्रग्रहण देखिने छैन । ग्रहणको मुख्य चरण चलिरहेका बेला यी क्षेत्रका धेरै स्थानमा चन्द्रमा क्षितिजमाथि नरहने भएकाले अवलोकन सम्भव नहुने खगोलीय विवरणले देखाउँछ ।

चन्द्रग्रहण सूर्यग्रहणभन्दा सुरक्षित रूपमा अवलोकन गर्न सकिने खगोलीय घटना हो । चन्द्रग्रहण हेर्न विशेष सुरक्षा चश्माको आवश्यकता पर्दैन । ग्रहण देखिने स्थानमा मौसम सफा भए नाङ्गो आँखाले समेत चन्द्रमाको परिवर्तन अवलोकन गर्न सकिन्छ । दूरबिन वा टेलिस्कोप प्रयोग गर्दा भने चन्द्रमाको सतहमा पृथ्वीको छायाले पार्ने प्रभाव अझ स्पष्ट देख्न सकिन्छ ।

सूर्य, पृथ्वी र चन्द्रमा लगभग एउटै सीधामा आउँदा चन्द्रग्रहण लाग्छ । पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्दा सूर्यको प्रत्यक्ष प्रकाश चन्द्रमासम्म पुग्न रोकिएपछि चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ । छायाको केही भागमा चन्द्रमा प्रवेश गरे आंशिक र पूरै घना छायाभित्र परे पूर्ण चन्द्रग्रहण हुन्छ ।

यसपटक पृथ्वीको घना छायाले चन्द्रमाको ९६.२ प्रतिशत क्षेत्र ढाक्ने भएकाले यो निकै गहिरो आंशिक चन्द्रग्रहण हुनेछ । खगोलीय अवलोकनकर्ताका लागि यो वर्षको उल्लेखनीय आकाशीय घटनामध्ये एक मानिएको छ ।

2