Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नागढुंगा सुरुङ निजी सवारीलाई खुल्यो

अ+ अ-

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ। ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानले सुरुङमार्ग प्रयोग गर्न पाउने भएका हुन्।

आयोजना डिभिजनका अनुसार सुरुङमार्ग असोज १ गतेसम्म निजी सवारीका लागि निःशुल्क सञ्चालन हुनेछ। सोमबार परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिएको सुरुङमार्ग मंगलबारदेखि भने दुईतर्फी सञ्चालनमा आउनेछ।

सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। सुरुङमार्गसँगै गुर्जुधारास्थित फ्लाइओभर पनि सोमबारदेखि सञ्चालनमा आएको छ।

सडक बोर्डका अनुसार असोज १ गतेदेखि भने सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनबाट शुल्क लिइनेछ। क्रमशः ठूला तथा बढी भार भएका सवारीलाई पनि सुरुङमार्ग प्रयोग गर्न दिइने र असोजदेखि सबै तोकिएका सवारी सञ्चालनमा ल्याइनेछ।

नियमित सञ्चालनमा आएपछि काठमाडौं भित्रिँदा र बाहिरिँदा कार तथा भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस तथा टिपरले ११५ र ८० रुपैयाँ, बस तथा ट्रकले २६० र २०० रुपैयाँ तथा हेभी ट्रकले ६०० र २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

सुरुङभित्र सवारी चलाउँदा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन पाइने छैन। सवारीको हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्नेछ भने सुरुङभित्र सवारी रोक्न र ओभरटेक गर्न निषेध गरिएको छ।

पैदलयात्री, दुईपांग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। यसको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

सुरुङ निर्माणको प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा काम सम्पन्न गर्नुपर्ने थियो। तर कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारण निर्माणमा ढिलाइ भएको थियो।

२०७९ साउन २२ गते आपतकालीन सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो। त्यसको करिब १० महिनापछि मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ गरिएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ असार ३ गते मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए।

मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर र आपतकालीन सुरुङको लम्बाइ २ दशमलव ५५७ किलोमिटर छ।

सुरुङ निर्माणका लागि जापान सरकारको करिब १६ अर्ब ६० करोड रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको थियो। निर्माणका क्रममा लागत बढेपछि जापानले थप करिब ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो।

आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले पाएको थियो। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा हुने सवारी चाप र यात्रा समय घट्ने अपेक्षा गरिएको छ।

2