काठमाडौं। चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन।
यसका कारण भोटेकोसी र त्रिशूली नदी आसपास बाढीको जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार दिउँसो १:३५ बजे एसएमएसमार्फत सूचना जारी गर्दै अर्को सूचना नआएसम्म नदीको बहाव क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
नदी थुनिएको स्थानमा पानीको बहाव अझै सामान्य अवस्थामा नफर्किएको भन्दै महाशाखाले भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाले नदीको बहाव र जोखिमको अवस्थाबारे थप सूचना प्राप्त भएपछि आवश्यक जानकारी गराउने जनाएको छ।
