udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
A A+ A-

पाल्पा। दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे।

साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैन थिए। रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गर्थ्यो। खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए। तर अहिले वडा कार्यालयले गाउँ गाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहत मिलेको छ। वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो।

विगतमा जेठदेखि भदौसम्म मकै खेती जोगाउन स्थानीयले बिहानैदेखि रातिसम्म बारीमा बसेर बाँदर धपाउनुपर्ने अवस्था थियो। वडा कार्यालयबाट हेरालुको व्यवस्था भएपछि किसानले लामो समय बारीमा बसेर बाली कुर्नुपर्ने बाध्यता हटेको स्थानीय सूर्यबहादुर विकले बताए। “दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसोमा बाँदर आएर बाली खाएर हैरान पार्थे। अहिले हेरालु र जाली लगाएपछि जङ्गली जनावर आएर बालीनाली नोक्सान गरेको छैन,” सुनारले भने।

दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास गरिएको छ। वडा कार्यालयले प्रत्येक वर्ष बाँदर लखेट्न नौ जनाका दरले हेरालु कर्मचारी खटाएर कृषकको मकै खेती जोगाउने अभियान नै सञ्चालन गरेको हो। वडा कार्यालयले साउन भदौका लागि बाँदर लाग्ने वडाको धैरेनी मेयालपानी क्षेत्रमा नौ जना हेरालु राखेर मकै खेती रेखदेख गर्दै आएको छ। ख्याहाको धैरेनी मेयालपानी, रातामाटा कोटफेरालगायतका क्षेत्रमा छ जना र जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु राखेर बाँदर धपाउने काम गरेको छ।

बाँदर हेरालु बिहान ०५ बजेदेखि राति ८ बजेसम्म निरन्तर कृषकको मकैबारी क्षेत्रमा खटिँदै आएका छन्। बाँदर हेरालुलाई गुलेली, नक्कली बन्दुक, गोला बारुदलगायतका सामग्री उपलब्ध गराइएको छ। दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास भएको स्थानीय रामप्रसाद न्यौपानेले बताए। बाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने अवस्थाबाट मुक्त भएपछि किसान मकै खेतीप्रति थप उत्साहित भएको उनको भनाइ छ।

जङ्गली जनावरबाट किसानले लगाएको बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाझिँदै जाने र गाउँबाट बसाइँसराइ बढाउने जोखिम बढेपछि वडाबाट बजेट विनियोजन गरेर हेरालु र काँडेतार लगाउने कार्यक्रम ल्याइएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेले बताए। उन भने, “स्थानीय किसानको मागअनुसार बाँदर र बँदेल लाग्ने ठाउँहरूमा हेरालु र जालीको व्यवस्था गरेका छौँ।”

चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतार जालीको बजेट विनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताए। वडा कार्यालयले गत वर्ष मात्र नमुनाका रूपमा जङ्गली जनावरले अत्यधिक दुःख दिने स्थानमा काँडेतार जाली लगाएको थियो। जसले गर्दा बाँदर जालीमा चढ्नसमेत कठिनाइ हुने, रातिमा आउने बँदेल, दुम्सी, मृग, घोरल र खरायो जस्ता जनावर नियन्त्रणमा आएको थियो।

बिहान ०५ बजेदेखि राति ८ बजेसम्म बारी आसपासमा आफूहरू खटिने गरेको बाँदर हेरालु विष्णुबहादुर सुनारले बताए। “बाँदर आएको बेला सबै जना मिलेर धपाउँछौँ। तर सामान्य समयमा हेरालु आफैँले नै बारी हेर्ने भएकाले किसानलाई निकै सजिलो भएको छ,” सुनार भन्छन्।

जङ्गली जनावरको समस्या ख्याहाको मात्रै होइन। पाल्पासहित पहाडी जिल्लाका धेरै गाउँमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले किसानलाई हैरान पार्दै आएका छन्। एउटा वडाले हेरालु राख्दैमा वा केही १०० मिटर काँडेतार लगाउँदैमा समस्या पूर्ण रूपमा समाधान हुँदैन। तर ख्याहाले देखाएको बाटोले भने समस्या समाधानका लागि किसान र स्थानीय सरकारबीचको सहकार्य प्रभावकारी हुन आवश्यक देखाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action