काठमाडौं। एसियन पेन्ट्स नेपालले दीपक बराललाई कन्ट्री हेडमा नियुक्त गरेको छ। बरालले सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। उनले कम्पनीमा बिक्री, मार्केटिङ र सेल्स एक्टिभेसनलगायतका विभिन्न जिम्मेवारीहरू सम्हाल्दै आएका छन्।
सन् २०२४ मा सेल्स एन्ड मार्केटिङ प्रमुखका रूपमा पुनः कम्पनीमा फर्किएका बरालले अगस्ट २०२६ सम्म सोही जिम्मेवारी सम्हालेका थिए। लामो समयको अनुभव र विभिन्न तहमा निर्वाह गरेको भूमिकापछि उनले अब कम्पनीको समग्र नेतृत्व गर्ने भएका छन्।
एसियन पेन्ट्सले यसअघि नेपाल बजारको नेतृत्वमा विदेशी नागरिकलाई जिम्मेवारी दिँदै आएको थियो। यससँगै बराल उक्त पदमा नियुक्त हुने पहिलो नेपाली नागरिक बनेका छन्।
