काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले संविधान दिवस अफर २०८३ अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू ल्याएको हो।
अनलिमिटेड लाइट ४९९ प्याकेज रु ४९९ मा उपलब्ध छ। यसमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा पाइनेछ। दैनिक ५ जीबीको सीमा सकिएपछि पनि ग्राहकले २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा चलाउन सक्नेछन्।
त्यस्तै, बढी डाटा खपत गर्ने प्रयोगकर्ताका लागि रु ६९९ मा अनलिमिटेड प्रो ६९९ प्याकेज ल्याइएको छ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डाटा उपलब्ध हुनेछ। १० जीबीको सीमा सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिन्छ। पोस्टपेड प्रयोगकर्ताका लागि भने रेन्टल चार्ज पनि प्याकेजभित्रै समावेश गरिएको छ।
यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म गरी तीन दिनका लागि मात्र उपलब्ध हुनेछ। अफर लिन चाहने ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्न सक्नेछन्।
