काठमाडौं । हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयुभी ‘अल-न्यु भेन्यु’ अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ। हुन्डाईले नयाँ भेन्युलाई आधुनिक डिजाइन, प्रविधि, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बजारमा ल्याएको हो।
नयाँ भेन्युमा ट्विन हर्न एलइडी डिआरएल, होराइजन एलइडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी-पिलर गार्निस राखिएको छ।
गाडीको भित्री भागमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट एन्ड स्लाइड सनरूफ जस्ता सुविधा छन्।
पर्फर्मेन्सका लागि अल-न्यु भेन्युमा १.२ लिटर एमपीआई पेट्रोल र १.० लिटर टर्बो जिडिआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ।
सुरक्षातर्फ ६ वटा एयरब्याग, एबिएस विथ इबिडी, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट र हिल स्टार्ट असिस्ट कन्ट्रोल जस्ता सुविधा उपलब्ध छन्।
नेपाली बजारमा अल-न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो तीन भेरियन्टमा उपलब्ध छ।
एचएक्स २ मा १,१९७ सीसी पेट्रोल इन्जिन, एचएक्स ५ प्लसमा १,१९७ सीसी पेट्रोल इन्जिन र एचएक्स ५ डिसिटीमा ९९८ सीसी पेट्रोल इन्जिन दिइएको छ।
नयाँ भेन्यु अहिले भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
