udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कुलेखानी ड्याम ओभरफ्लो हुन नदिन २४ घण्टा उत्पादन

कुलेखानी ड्याम ओभरफ्लो हुन नदिन २४ घण्टा उत्पादन
A A+ A-

काठमाडौं । सम्भावित भारी वर्षा र बाढीको जोखिमलाई ध्यानमा राख्दै कुलेखानी जलविद्युत आयोजनाले ड्यामको जलसतह घटाउन उच्च सतर्कता अपनाएको छ। ड्याममा पानीको मात्रा बढ्न नदिन आयोजनाका सबै मेसिन पूर्ण क्षमतामा सञ्चालन गरिएको छ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक एवं प्रवक्ता राजन ढकालका अनुसार कुलेखानी ड्याममाथि बग्ने दुईदेखि तीनवटा सहायक खोलाको पानीसमेत डाइभर्ट गरिएको छ। ड्याम भरिन नदिन पानीलाई अन्यत्र पठाउने र विद्युत उत्पादनलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने काम भइरहेको उनले बताए।

कुलेखानी पहिलो ६० मेगावाट, कुलेखानी दोस्रो ३२ मेगावाट र कुलेखानी तेस्रो १४ मेगावाट गरी आयोजनाको कुल जडित क्षमता १०६ मेगावाट छ। यो नेपालको एकमात्र जलाशययुक्त जलविद्युत आयोजना हो।

कुलेखानी जलविद्युत आयोजनाका प्रमुख प्रह्लाद राउतका अनुसार सम्भावित भारी वर्षाका कारण जलसतह अचानक बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर २४ सै घण्टा मेसिन पूर्ण क्षमतामा सञ्चालन गरिएको छ। यसबाट ड्याममा रहेको पानीको भोल्युम घटाउने काम भइरहेको उनले बताए।

हाल कुलेखानी ड्यामको जलसतह १५२२.२० मिटर रहेको राउतले जानकारी दिए। ड्यामको कुल जल भण्डारण क्षमता ८५.३ मिलियन घनमिटर रहेको छ। हालको जलसतह हेर्दा ड्याम भरिन अझै करिब ८ मिटर उचाइ बाँकी रहेको उनले बताए।

राउतका अनुसार पछिल्ला दिनमा मेसिन सञ्चालन गरेर पानीको सतह विस्तारै घटाउने काम भइरहेको छ। त्यसैले ड्याममा पानीको चाप बढ्न नदिइएको उनको भनाइ छ। ठूलो वर्षा भएमा जलसतह छिटो बढ्न सक्ने भएकाले आयोजनाले जोखिम कम गर्न अहिले नै पानीको मात्रा घटाउने काम गरिरहेको उनले बताए।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि देशभरका नदी तथा खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

पूर्वानुमानअनुसार असोज ८ र ९ गतेदेखि नदीहरूको जलसतह क्रमशः बढ्ने तथा असोज १०, ११ र १२ गते बहाव उच्च हुन सक्ने प्रक्षेपण गरिएको छ। सम्भावित वर्षा र बाढीको जोखिमलाई ध्यानमा राखेर कुलेखानीको जलभण्डार अहिले नै घटाउने रणनीति अपनाइएको आयोजनाले जनाएको छ।

मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै आयोजना प्रशासनलाई पूर्ण तयारी अवस्थामा राखिएको र जलसतह तथा मौसमको अवस्था निरन्तर निगरानी भइरहेको जनाइएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action