udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तनहुँ भूमि प्रशासनले उठायो साढे ३६ करोड

तनहुँ भूमि प्रशासनले उठायो साढे ३६ करोड
A A+ A-

तनहुँ । भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३६ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य विभिन्न शीर्षकबाट कुल ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ रुपैयाँ राजस्व संकलन गरेको हो ।

भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन दस्तुरबाट राजस्व संकलन गरेको छ । रजिष्ट्रेशन दस्तुरबापत मात्रै १७ करोड १५ लाख २८ हजार ८ सय ५४ रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

त्यस्तै, पुँजीगत लाभकरबाट १३ करोड ४२ लाख ८४ हजार ४ सय ९९ रुपैयाँ राजस्व उठेको छ । अन्य राजस्व शीर्षकबाट ५९ लाख ५ हजार १ सय ४८ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

राजस्व संकलनसँगै कार्यालयले गत आर्थिक वर्षमा जग्गा तथा सम्पत्तिसम्बन्धी ठूलो संख्यामा प्रशासनिक र कानुनी प्रक्रिया पनि सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयबाट ९ हजार ९ सय ३६ वटा लिखत पारित भएका छन् ।

यस अवधिमा ९ सय ८७ वटा नामसारी, ३ सय ८४ वटा संशोधन, १ सय ८७ वटा दाखिला खारेज र ३५ वटा छुट दर्ताको काम सम्पन्न भएको प्रमुख पौडेलले बताए ।

जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज र संशोधनलगायतका सेवा प्रवाह गर्दै आएको कार्यालयले सोही प्रक्रियाबाट सरकारको राजस्व संकलनमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

जग्गा तथा सम्पत्ति कारोबारबाट हुने लाभमा लाग्ने पुँजीगत लाभकरसमेत कार्यालयमार्फत संकलन हुने भएकाले कुल राजस्वमा यसको हिस्सा उल्लेख्य रहेको छ । गत आर्थिक वर्षमा मात्रै पुँजीगत लाभकरबाट १३ करोडभन्दा बढी राजस्व संकलन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यालयका अनुसार सेवाग्राहीको जग्गा तथा सम्पत्तिसम्बन्धी कामलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सेवा प्रवाहसँगै राजस्व संकलनको कामलाई निरन्तरता दिइएको छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action