udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बेलायतको अर्थतन्त्र ०.५ प्रतिशतले बढ्यो

बेलायतको अर्थतन्त्र ०.५ प्रतिशतले बढ्यो
A A+ A-

एजेन्सी । बेलायतको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा अपेक्षाभन्दा तीव्र गतिमा विस्तार भएको छ। राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)का अनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.५ प्रतिशतले बढेको हो।

यसअघि दोस्रो त्रैमासिकमा जीडीपी ०.४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान गरिएको थियो। रोयटर्सले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूले पनि ०.४ प्रतिशतकै वृद्धि हुने अपेक्षा गरेका थिए।

ओएनएसले दोस्रो त्रैमासिकको जीडीपी वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशत रहेको जनाएको छ। यसअघि वार्षिक वृद्धि १.२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको थियो।

उत्पादन, निर्माण र प्रमुख सेवा क्षेत्रमा उत्पादन बढेपछि समग्र अर्थतन्त्रमा वृद्धि देखिएको ओएनएसले जनाएको छ। दोस्रो त्रैमासिकमा व्यावसायिक लगानी पनि बलियो देखिएको छ। ओएनएसले व्यावसायिक लगानीको वार्षिक वृद्धि प्रारम्भिक ०.८ प्रतिशतबाट संशोधन गरी ५.२ प्रतिशत कायम गरेको छ।

सन् २०२६ को पहिलो ६ महिनामा प्रतिव्यक्ति जीडीपी १.१ प्रतिशतले बढेको छ। कोभिड–१९ महामारीका कारण देखिएको असामान्य उतारचढावलाई अलग गर्दा यो सन् २०१७ को अन्त्ययताकै सबैभन्दा ठूलो वृद्धि भएको ओएनएसले जनाएको छ।

जुनसम्मका तीन महिनामा प्रतिव्यक्ति वास्तविक पारिवारिक खर्चयोग्य आम्दानी १ प्रतिशतले बढेको छ। पहिलो त्रैमासिकमा भने यस्तो आम्दानी ०.८ प्रतिशतले घटेको थियो। त्यस्तै, पारिवारिक बचत अनुपात पहिलो त्रैमासिकको ८.६ प्रतिशतबाट बढेर दोस्रो त्रैमासिकमा ८.८ प्रतिशत पुगेको छ।

क्यापिटल इकोनोमिक्सका बेलायत हेर्ने वरिष्ठ अर्थशास्त्री एश्ले वेबले दोस्रो त्रैमासिकको जीडीपी वृद्धिको माथिल्लो संशोधनले उच्च ऊर्जा मूल्यका बाबजुद बेलायतको अर्थतन्त्र अपेक्षाभन्दा बढी लचिलो रहेको देखाएको बताएका छन्। यद्यपि उच्च मुद्रास्फीतिका कारण वर्षको अन्तिम त्रैमासिकमा आर्थिक वृद्धि कमजोर हुन सक्ने उनको आकलन छ।

आरएसएम यूकेका मुख्य अर्थशास्त्री थोमस प्यूले आगामी महिनामा घरपरिवारमाथि दबाब बढ्न सक्ने बताएका छन्। सम्भावित ब्याजदर वृद्धि, उच्च मुद्रास्फीति र आगामी बजेटमा हुन सक्ने कर वृद्धिले आर्थिक वृद्धिमा असर पार्न सक्ने उनको भनाइ छ।

यसैबीच, ओएनएसका अनुसार दोस्रो त्रैमासिकमा बेलायतको चालु खाता घाटा १९.९ अर्ब पाउन्डमा सीमित भएको छ। अर्थशास्त्रीहरूले २४.७ अर्ब पाउन्ड घाटा हुने अनुमान गरेका थिए। सेवा निर्यातमा भएको वृद्धिले घाटा घटाउन सहयोग गरेको बताइएको छ।

बेलायतको चालु खाता घाटा दोस्रो त्रैमासिकमा कुल आर्थिक उत्पादनको १.४ प्रतिशतमा झरेको छ। बहुमूल्य धातुको व्यापारलाई बाहेक गर्दा यो पाँच वर्षयताकै न्यून स्तर भएको ओएनएसले जनाएको छ।

यद्यपि उच्च ऊर्जा मूल्य, मुद्रास्फीति, कर्जा लागत र आगामी बजेटसँग जोडिएका अनिश्चितताका कारण बेलायतको अर्थतन्त्रमा आगामी महिनामा दबाब कायमै रहन सक्ने अर्थशास्त्रीहरूले बताएका छन्।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action