Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

३२० किमी प्रतिघण्टाको गतिमा समुद्रमुनि दौडिन्छ जापानको हायाबुसा

३२० किमी प्रतिघण्टाको गतिमा समुद्रमुनि दौडिन्छ जापानको हायाबुसा
A A+ A-

एजेन्सी । जापानका बुलेट ट्रेन गति र समयपालनका लागि विश्वभर परिचित छन्। त्यसमध्ये हायाबुसा सिन्कान्सेनले उच्च गति र समुद्रमुनिको लामो सुरुङमार्ग हुँदै गरिने यात्राका कारण विशेष पहिचान बनाएको छ।

ई५ सिरिजको हायाबुसा सिन्कान्सेनले जापानको मुख्य टापु होन्सुलाई उत्तरी टापु होक्काइदोसँग जोड्छ। यो रेल प्रतिघण्टा ३२० किलोमिटरसम्मको गतिमा सञ्चालन हुन सक्छ।

हायाबुसा सेवा टोकियोदेखि होक्काइदोसम्म सञ्चालन हुन्छ। यात्राका क्रममा रेलले सेइकान सुरुङ पार गर्छ। यो सुरुङको कुल लम्बाइ ५३.८५ किलोमिटर छ, जसको करिब २३.३ किलोमिटर भाग समुद्रमुनि रहेको छ। सुरुङले होन्सुको ओमोरी प्रिफेक्चरलाई होक्काइदोसँग जोड्छ।

सन् १९८८ मा सञ्चालनमा आएको सेइकान सुरुङ जापानको कठिन मौसम र भौगर्भिक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको हो। सुरुङको गहिरो भाग समुद्री सतहभन्दा सयौं फिट तल रहेको छ। त्यसैले उच्च गतिमा समुद्रमुनिबाट रेल यात्रा गर्नु हायाबुसाको यात्राको विशेष पक्ष बनेको छ।

हायाबुसाको विशेषता गति मात्रै होइन। लामो दूरीको यात्रालाई आरामदायी बनाउन रेलमा पर्याप्त खुट्टा राख्ने ठाउँ, पछाडि ढल्काउन मिल्ने सिट, ट्रे टेबल र सामान राख्ने सुविधा उपलब्ध छ।

सिटमा मिलाउन मिल्ने हेडरेस्ट र विद्युतीय उपकरण चार्ज गर्न चार्जिङ पोइन्टसमेत राखिएका छन्। यसले यात्राका क्रममा मोबाइल, ल्यापटपलगायत उपकरण प्रयोग गर्न यात्रुलाई सहज बनाउँछ।

ईस्ट जापान रेलवे कम्पनीका अनुसार ई५ सिरिज सिन्कान्सेनलाई गति, सुरक्षा, यात्रुको आराम र आधुनिक प्रविधिलाई ध्यानमा राखेर विकास गरिएको हो। सन् २०१३ देखि ई५ सिरिजले प्रतिघण्टा ३२० किलोमिटरसम्मको गतिमा व्यावसायिक सेवा सञ्चालन गर्दै आएको छ।

रेलमा विभिन्न प्रकारका यात्रुको आवश्यकतालाई ध्यानमा राखेर सुविधा थपिएका छन्। डिब्बामा फराकिला शौचालय छन् भने अपांगता भएका यात्रुलाई सहज हुने व्यवस्था पनि गरिएको छ। महिलाका लागि छुट्टै शौचालय र पाउडर रुमको सुविधा समेत रहेको छ।

यात्रुको सुरक्षाका लागि रेलभित्र र डिब्बाको आसपास सुरक्षा क्यामरा जडान गरिएको छ। उच्च गति र लामो दूरीको यात्रामा यात्रुको सुरक्षा तथा सहजतालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

यसरी हायाबुसा सिन्कान्सेनको यात्रा केवल ३२० किलोमिटर प्रतिघण्टाको गति अनुभव गर्नुमा सीमित छैन। जापानको प्रविधि, पूर्वाधार र इन्जिनियरिङ क्षमताको उदाहरण मानिने सेइकान सुरुङ हुँदै समुद्रमुनिबाट गरिने यात्राले हायाबुसालाई अन्य उच्च गतिको रेल सेवाभन्दा फरक अनुभव प्रदान गर्छ।

2