Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

ओईसीडीलाई परित्याग होइन, पुनः प्राप्त गर्नुपर्छ

ओईसीडीलाई परित्याग होइन, पुनः प्राप्त गर्नुपर्छ
पेरिसस्थित आर्थिक सहयोग तथा विकास संगठन (OECD) को मुख्यालय। फोटो स्रोत: OECD / OECD Multimedia Gallery
A A+ A-

किम रुहल र पियरे यारेद

न्युयोर्क- सेप्टेम्बर ३० मा आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले आफ्नो स्थापनाको ६५औँ वार्षिकोत्सव मनायो। अन्य धेरै पुराना अन्तर्राष्ट्रिय संस्थाजस्तै ओईसीडीले पनि समयसँगै आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आएको छ। हामी दुवैले त्यहाँ पूर्व प्रतिनिधिका रूपमा काम गर्दा यो परिवर्तन प्रत्यक्ष देखेका छौँ। त्यसैले केही अमेरिकी नीति निर्माताले ओईसीडीलाई दिइने अमेरिकी अनुदान घटाउन वा पूर्ण रूपमा रोक्न चाहनु स्वाभाविक देखिन्छ।

तर ओईसीडीबाट बाहिरिनु भनेको चीनसँगको अमेरिकी आर्थिक प्रतिस्पर्धामा दिनप्रतिदिन महत्त्वपूर्ण बन्दै गएका केही क्षमताहरू त्याग्नु पनि हो। ओईसीडीका सदस्यहरू बजारमुखी लोकतन्त्र भएका देशहरू हुन्। यससँग अमेरिका र उसका सहयोगीबीच आर्थिक नीति समन्वय गर्न आवश्यक परिष्कृत तथ्यांक प्रणाली र दशकौँको संस्थागत अनुभव छ। अर्थतन्त्र र राष्ट्रिय सुरक्षाबीचको सम्बन्ध अझ गहिरिँदै गएको वर्तमान समयमा यी विशेषताले ओईसीडीलाई थप उपयोगी बनाउन सक्छन्।

समस्या भनेको दशकौँसम्म आर्थिक निगरानी र आर्थिक वृद्धि प्रवर्द्धनमा केन्द्रित रहेको ओईसीडीको आर्थिक नीति समितिको कार्यादेश सन् २०१३ मा विस्तार गरिनु हो। त्यसपछि समितिको उद्देश्य ‘सामाजिक र वातावरणीय परिणाममा उचित ध्यान दिँदै सन्तुलित र दिगो आर्थिक वृद्धि’ हासिल गर्ने बनाइयो। त्यसयता संगठनले लैङ्गिक बजेट, वातावरणीय न्याय, सामाजिक गतिशीलता र ‘जीडीपीभन्दा पर’ जस्ता विषयमा समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ।

ओईसीडीलाई अर्थशास्त्रमा केन्द्रित एउटा सानो संयुक्त राष्ट्रसंघजस्तो संस्थामा रूपान्तरण गर्नु यसको सान्दर्भिकता कायम राख्ने उचित उपाय होइन। बरु, संगठनले आफ्नो ऐतिहासिक विरासतमा आधारित भएर आफूमा रहेको विशिष्ट क्षमताको अधिकतम उपयोग गर्नुपर्छ।

ओईसीडी मार्शल योजना कार्यान्वयन गर्ने संस्थाबाट विकसित भएको हो। पछि यो साझा आर्थिक हितका विषयमा नीति समन्वय गर्ने मञ्चका रूपमा विस्तार भयो। यही उद्देश्यअन्तर्गत यसले विश्वसनीय र अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य तथ्यांक विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

सन् १९७३ को तेल संकटपछि सरकारहरूलाई ऊर्जा आपूर्ति अवरोधको सामना गर्न आवश्यक तथ्यांक र विश्लेषण उपलब्ध गराउने उद्देश्यले ओईसीडीकै संरचनाभित्र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी स्थापना गरियो। सन् १९८१ मा सीमापार रासायनिक परीक्षणसँग सम्बन्धित समस्या समाधान गर्न ओईसीडीले ‘म्युचुअल एक्सेप्टेन्स अफ डेटा’ प्रणाली स्थापना गर्‍यो। यसअन्तर्गत सहभागी देशहरूले साझा मापदण्डअनुसार गरिएका सुरक्षा परीक्षणलाई पारस्परिक रूपमा स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको थियो।

आज चीनसँगको प्रतिस्पर्धा अर्थतन्त्र र राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा अझ बढी निर्भर हुँदै गएको छ। महत्वपूर्ण खनिज, सेमिकन्डक्टर, ड्रोन, समुद्री यातायात, ऊर्जा, औषधि र अन्य रणनीतिक आपूर्ति शृंखलासँग सम्बन्धित निर्भरता यसका उदाहरण हुन्।

पुनःकेन्द्रित ओईसीडीले चीनसँग आर्थिक प्रतिस्पर्धा गर्ने सदस्य राष्ट्रहरूको प्रयासलाई बलियो बनाउन सक्छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी यसको एउटा उदाहरण हो। सन् २०२५ मा चीनले दुर्लभ खनिजको निर्यातमा नियन्त्रण कडा बनाएपछि उत्पादन आपूर्ति शृंखलामा अवरोध उत्पन्न भयो र केही युरोपेली अटो पार्ट्स कारखानाले उत्पादन रोक्नुपरेको थियो। त्यसपछि महत्वपूर्ण खनिज बजारको निगरानी र सदस्य राष्ट्रलाई आपत्कालीन अवस्थाका लागि तयार राख्न गरिने अभ्यासलाई थप महत्त्व दिइएको छ।

ओईसीडीलाई यसको मूल उद्देश्यतर्फ फर्काउने क्षमता अमेरिकासँग छ। ओईसीडीको मूल भाग एकको बजेटमा अमेरिकाको योगदान १८ प्रतिशत छ, जुन दोस्रो ठूलो योगदानकर्ता जर्मनीको हिस्साभन्दा दोब्बरभन्दा बढी हो। त्यसैले संगठनबाट बाहिरिनुको सट्टा अमेरिकाले आफ्नो निरन्तर समर्थनलाई थप सीमित र उपयोगी कार्यादेशसँग जोड्न सक्छ।

यसका लागि चार प्रमुख सुधार आवश्यक छन्।

पहिलो, ओईसीडीले आफ्नो थप विस्तार रोक्नुपर्छ र आर्थिक नीति छलफलमा गैरसदस्य राष्ट्रको सहभागितालाई पुनर्विचार गर्नुपर्छ। चीन ओईसीडीको विश्लेषणका लागि महत्वपूर्ण विषय हुन सक्छ। तर बजारमुखी लोकतन्त्रबीच आर्थिक नीति समन्वय गर्ने उद्देश्यका छलफलमा चीनको सहभागिता अनिवार्य हुनुपर्छ भन्ने छैन।

दोस्रो, संगठनले अर्थशास्त्रमा पुनः ध्यान केन्द्रित गर्नुपर्छ। यो परिवर्तनको प्रक्रिया केही हदसम्म सुरु भइसकेको छ। सन् २०२६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत आर्थिक नीति समितिको कार्यादेश संशोधन गर्दै ‘बजारमा आधारित लोकतन्त्रमा उच्च, सन्तुलित, दिगो र स्थिर आर्थिक वृद्धि’ प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। ओईसीडीका अन्य सदस्यहरूले पनि यही लक्ष्यलाई गम्भीरतापूर्वक लिनुपर्छ।

तेस्रो, ओईसीडीले आफ्ना स्रोतलाई आपूर्ति शृंखला र आर्थिक सुरक्षातर्फ पुनःकेन्द्रित गर्नुपर्छ। यसले आफ्नो विद्यमान तथ्यांक तथा विश्लेषणात्मक पूर्वाधारलाई अझ प्रभावकारी बनाउन सक्छ। ओईसीडीको अन्तरदेशीय इनपुट–आउटपुट तालिकाले सन् २०२५ मा ८० देश र ५० उद्योगबीचको उत्पादन सम्बन्धको नक्साङ्कन गरेको थियो।

तुलनाका लागि अमेरिकी आर्थिक विश्लेषण ब्युरोले अमेरिकाका ७१ उद्योग वर्गका लागि वार्षिक इनपुट–आउटपुट खाता र ४०२ उद्योग समेटिएका बेन्चमार्क तालिका तयार गर्छ। नीति निर्मातालाई आपूर्ति शृंखलाका अवरोध पहिचान गर्न, वैकल्पिक स्रोत उपलब्ध छन् कि छैनन् भनेर मूल्यांकन गर्न र उत्पादनलाई अन्यत्र कति छिटो सार्न सकिन्छ भन्ने अनुमान गर्न अझ विस्तृत उद्योगगत तथ्यांक आवश्यक हुन्छ।

कुनै एक सरकारले यस्तो जानकारी सजिलै आफैँ संकलन गर्न सक्दैन। ओईसीडी भने यसका लागि विशेष रूपमा सक्षम छ, तर त्यसका लागि संगठनले आफ्नो विद्यमान बजेटलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ।

उदाहरणका रूपमा, ओईसीडीले प्रत्येक वर्ष करिब दुई दर्जन देशका आर्थिक सर्वेक्षण तयार गर्न पर्याप्त स्रोत खर्च गर्छ। यस्ता कामले अन्तर्राष्ट्रिय मुद्रा कोष, केन्द्रीय बैंक, सरकार र निजी क्षेत्रले पहिल्यै गरिरहेको काम दोहोर्‍याउने अवस्था सिर्जना गर्न सक्छ। ती स्रोतलाई तुलनायोग्य अन्तरदेशीय तथ्यांक, आपूर्ति शृंखला नक्साङ्कन तथा अनुदान र निर्भरताको मापनमा पुनःनिर्देशित गर्न सकिन्छ। यी क्षेत्रमा ओईसीडीसँग विशिष्ट क्षमता छ।

अन्तमा, ओईसीडीले कानुनी उपकरण निर्माण गर्ने आफ्नो क्षमतालाई आर्थिक सुरक्षा प्रवर्द्धनमा प्रयोग गर्नुपर्छ। संगठनसँग हाल लगानी, निर्यात, प्रतिस्पर्धालगायत विभिन्न क्षेत्रमा लागू २७० वटा कानुनी उपकरण छन्।

लगानी छनोट र आपूर्ति शृंखलासम्बन्धी सहकार्य सुरुमा सदस्य राष्ट्रको सानो समूहबीच अघि बढ्न सक्छ। त्यसपछि ओईसीडीले त्यस्ता सहकार्यलाई साझा मापदण्डमा विकास गर्न सक्छ।

ओईसीडी यस्तो संसारका लागि निर्माण गरिएको थियो जहाँ अमेरिकाको आर्थिक र रणनीतिक हित एकअर्काबाट अलग थिएनन्। ६५ वर्षपछि यी दुईबीचको सम्बन्ध झनै गहिरिएको छ।

त्यसैले ओईसीडीलाई परित्याग गर्नु समाधान होइन। यसको मूल उद्देश्य र तुलनात्मक क्षमतामा पुनःकेन्द्रित गर्नु नै संगठनलाई बदलिँदो विश्व अर्थतन्त्र र आर्थिक सुरक्षाका चुनौती सामना गर्न उपयोगी बनाउने बाटो हुन सक्छ।

किम रुहल ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषद् (२०२५–२६) की पूर्व सदस्य तथा विस्कन्सिन–म्याडिसन विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक हुन्।

पियरे यारेद ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषद् (२०२५–२६) का पूर्व कार्यवाहक अध्यक्ष, कोलम्बिया बिजनेस स्कुलमा अन्तर्राष्ट्रिय व्यापारका प्राध्यापक तथा कार्यकारी शिक्षाका उपडिन र काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ फेलो हुन्।

प्रतिलिपि अधिकार: प्रोजेक्ट सिन्डिकेट, २०२६।

2