Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

एआई फिचरसहित अनर च्वाइस टी१० बजारमा

एआई फिचरसहित अनर च्वाइस टी१० बजारमा
A A+ A-

काठमाडौं । अनरले एआईमा आधारित अनुवाद सुविधा, ठूलो डिस्प्ले र ५ हजार एमएएच ब्याट्रीसहित नयाँ स्मार्टफोन अनर च्वाइस टी१० नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार फोनमा एआई साइमल्टेनियस इन्टरप्रिटेसन फिचर उपलब्ध छ। यसमार्फत प्रयोगकर्ताले विभिन्न भाषामा हुने कुराकानीलाई रियल टाइममै दोहोरो अनुवाद गर्न सक्नेछन्। यसले फरक भाषा बोल्ने व्यक्तिबीचको संवादलाई सहज बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ।

फोनमा मल्टिलिङ्गुअल अफलाइन ट्रान्सलेसन फिचरसमेत दिइएको छ। इन्टरनेटको पहुँच नभएको अवस्थामा पनि विभिन्न भाषाका सामग्री अनुवाद गर्न सकिने कम्पनीले जनाएको छ।

मनोरञ्जन तथा भिडियो हेर्न सहज हुने गरी अनर च्वाइस टी१० मा ६.७५ इन्चको ठूलो डिस्प्ले दिइएको छ। लामो समयसम्म प्रयोग गर्न सकिने गरी फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ।

अनर च्वाइस टी१० नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ। ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १६ हजार ४९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १९ हजार ४९९ रुपैयाँ रहेको छ।

2