Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

पोर्चुगलमा नेपाली ५६ हजार नाघे, लिस्बोनमा एनआरएनए कार्यालय

पोर्चुगलमा नेपाली ५६ हजार नाघे, लिस्बोनमा एनआरएनए कार्यालय
A A+ A-

काठमाडौं । पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ। पोर्चुगलको राष्ट्रिय तथ्यांक संस्थान (आईएनई) का अनुसार सन् २०२५ मा पोर्चुगलमा रहेका नेपाली नागरिकको संख्या ५६ हजार नाघेको हो।

यो संख्या पोर्चुगलमा रहेका विदेशी नागरिकमध्ये पाँचौँ ठूलो हो। कुल नेपालीमध्ये ३८ हजार ३ सय ३५ पुरुष र १८ हजार ५ सय ३१ महिला छन्। पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने यो तथ्यांकमा समावेश नभएको जनाइएको छ।

पछिल्ला चार वर्षमा पोर्चुगलमा नेपालीको संख्या १३६.८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। सन् २०२१ मा २४ हजार १३ जना नेपाली रहेकोमा सन् २०२५ सम्म आइपुग्दा संख्या ५६ हजार ८ सय ६६ पुगेको हो। यस अवधिमा मात्रै ३२ हजार ८ सय ५३ नेपाली थपिएका छन्।

सन् २०२५ मा पोर्चुगलमा ब्राजिलका ५ लाख ७४ हजार १ सय ९५ नागरिक सबैभन्दा धेरै रहेका छन्। त्यसपछि एङ्गोलाका १ लाख ३ हजार १ सय ४०, भारतका ९३ हजार ६ सय ८३ र केपभर्डेका ७६ हजार ९९ नागरिक छन्। यी देशपछि नेपाली नागरिकको संख्या रहेको हो।

पोर्चुगलमा सन् २०२५ मा कुल विदेशी नागरिकको संख्या १५ लाख ९७ हजार ५ सय ३९ रहेको थियो। यसमा नेपालीको हिस्सा ३.५५ प्रतिशत पुगेको छ। सन् २०२१ मा कुल विदेशी नागरिकमध्ये नेपालीको हिस्सा ३.२ प्रतिशत थियो।

नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपालको कूटनीतिक तथा संस्थागत उपस्थिति पनि विस्तार हुँदै गएको छ। नेपाल सरकारले २०८० सालमा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने प्रक्रिया अघि बढाएको थियो। सोही वर्ष मंसिरमा पोर्चुगलले लिस्बोनमा नेपाली दूतावास खोल्न सहमति दिएको थियो।

त्यसपछि २०८१ सालमा लिस्बोनमा नेपाली दूतावास स्थापना भएको हो। सरकारले प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेको थियो।

नेपालमा पनि पोर्चुगलले आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ। पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारसँग सहमति मागेकोमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते त्यसका लागि सहमति दिने निर्णय गरेको थियो। त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको जनाइएको छ।

यसैबीच, पोर्चुगलमा रहेका नेपालीलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले लिस्बोनमा कार्यालय सञ्चालनमा ल्याउने भएको छ। संघका अनुसार आगामी ४ अक्टोबरदेखि कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

बढ्दो नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन गर्न लागिएको संघले जनाएको छ। कार्यालयमार्फत पोर्चुगलमा रहेका नेपालीले संघसँग प्रत्यक्ष सम्पर्क गरी आवश्यक जानकारी तथा सेवाका लागि अनुरोध गर्न सक्नेछन्।

एनआरएनए पोर्चुगलले नेपाली समुदायलाई लक्षित गर्दै आधिकारिक वेबसाइटसमेत सञ्चालनमा ल्याएको छ। वेबसाइटमार्फत संघका सूचना, सेवा, कार्यक्रम तथा विभिन्न गतिविधिबारे जानकारी लिन सकिनेछ। सेवा तथा सहयोगसम्बन्धी जिज्ञासा र अनुरोधसमेत वेबसाइटबाट पठाउन सकिने व्यवस्था गरिएको संघले जनाएको छ।

पोर्चुगलमा नेपाली समुदायको संख्या निरन्तर बढिरहेको अवस्थामा लिस्बोनमा कार्यालय सञ्चालनले नेपालीलाई आवश्यक सूचना, सेवा र परामर्शमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ। एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तान र सचिव सुरज भण्डारीले पोर्चुगलमा रहेका नेपालीलाई कार्यालय तथा वेबसाइटबाट उपलब्ध सेवाको उपयोग गर्न आग्रह गरेका छन्।

2