Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

च्याटजीपीटीमा थपियो स्मार्ट ट्राई अन फिचर

च्याटजीपीटीमा थपियो स्मार्ट ट्राई अन फिचर
A A+ A-

एजेन्सी । ओपनएआईले च्याटजीपीटीमा नयाँ भर्चुअल ट्राई अन फिचर ल्याएको छ। यसबाट प्रयोगकर्ताले कुनै लुगा वा अन्य सामग्री खरिद गर्नुअघि आफूमा कस्तो देखिन्छ भनेर भर्चुअल रूपमा हेर्न सक्नेछन्।

यो फिचर च्याटजीपीटीको किनमेल नतिजाभित्र नयाँ ‘ट्राई अन’ बटनका रूपमा उपलब्ध हुनेछ। प्रयोगकर्ताले आफ्नो सेल्फी वा पूरै शरीर देखिने तस्बिर अपलोड गरेर आफूलाई मन परेको लुगा भर्चुअल रूपमा लगाएर हेर्न सक्नेछन्।

च्याटजीपीटीले आफैं देखाएका उत्पादनमा मात्र यो सुविधा सीमित हुने छैन। प्रयोगकर्ताले अन्य वेबसाइटमा भेटिएको लुगा वा सामग्रीको तस्बिर तथा स्क्रिनसट अपलोड गरेर पनि उक्त सामग्री आफूमा कस्तो देखिन्छ भनेर हेर्न सक्नेछन्।

ओपनएआईले यो सुविधा एआईमा आधारित किनमेल अनुभव विस्तार गर्ने योजनाअन्तर्गत ल्याएको जनाएको छ। यसअघि गुगलले पनि आफ्ना एआई सेवामा यस्तै प्रकारको भर्चुअल ट्राई अन सुविधा उपलब्ध गराइसकेको छ।

ओपनएआईले ‘फेभरेट्स’ नामको अर्को फिचर पनि सार्वजनिक गरेको छ। यसबाट प्रयोगकर्ताले आफूलाई मन परेका उत्पादनलाई च्याटजीपीटीभित्र छुट्टै लाइब्रेरीमा सुरक्षित राख्न सक्नेछन्। यसरी सुरक्षित गरिएका उत्पादनहरू पछि सजिलै हेर्न सकिनेछ।

फेभरेट्समा सुरक्षित गरिएका उत्पादनसँगै प्रयोगकर्ताले तयार गरेका भर्चुअल ट्राई अन तस्बिरसमेत राख्न सकिने कम्पनीले जनाएको छ। यसले प्रयोगकर्तालाई आफूले हेरेका उत्पादन र तिनको भर्चुअल स्वरूप एउटै ठाउँमा राख्न सहयोग गर्नेछ।

ओपनएआईका अनुसार यी नयाँ किनमेल फिचरहरू च्याटजीपीटी इमेजेज २.५ मोडलमा आधारित छन्। नयाँ मोडलले तस्बिरमा प्राकृतिक प्रकाश, थप समृद्ध बनावट र सम्पादन निर्देशन पालना गर्ने क्षमतामा सुधार ल्याएको कम्पनीको दाबी छ।

त्यस्तै, तस्बिर तयार हुन लाग्ने समय पनि घटाइएको ओपनएआईले जनाएको छ। कम्पनीका अनुसार ती सुधारले प्रयोगकर्तालाई थप छिटो र यथार्थपरक भर्चुअल ट्राई अन अनुभव दिन सहयोग गर्नेछन्।

2