Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

टीसीएलको दशैं-तिहार अफर : १ लाख ४२ हजार ५ सयसम्म क्यासब्याक

टीसीएलको दशैं-तिहार अफर : १ लाख ४२ हजार ५ सयसम्म क्यासब्याक
A A+ A-

टीसीएलले नेपाली बजारमा दशैं, तिहार र छठलाई लक्षित गर्दै १ लाख ४२ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याकसहित विभिन्न उपहार योजना सार्वजनिक गरेको छ। टेलिभिजन, वासिङ मेसिन, एयर कन्डिसनर र रेफ्रिजेरेटरलगायतका उत्पादनमा फरक–फरक अफर ल्याइएको छ।

टीसीएलले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको दाबी गर्दै ग्लोबल बजारमा विभिन्न उत्पादन श्रेणीमा अग्रणी स्थानमा रहेको बताउँदै आएको छ।

नेपाली बजारमा टीसीएलको माग, नयाँ उत्पादन, ग्राहकको रोजाइ र पर्व लक्षित अफरबारे द बिजनेश नेपालका सशीन्द्र गौतमले टीसीएलका नेशनल सेल्स म्यानेजर सन्तोष पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

टीसीएलले दशैं, तिहार र छठलाई लक्षित गरेर कस्ता अफर ल्याएको छ ?

हामीले नेपाली ग्राहकलाई लक्षित गरेर दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष अफर सार्वजनिक गरेका छौं। यस योजनाअन्तर्गत ग्राहकले १ लाख ४२ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक पाउनुहुनेछ। त्यसबाहेक विभिन्न उत्पादन खरिदमा आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ।

विशेषगरी टेलिभिजनमा हाम्रो अफर केन्द्रित छ। टीसीएलको उच्च क्षमताका टेलिभिजन खरिद गर्दा १ लाख ४२ हजार ५ सय रुपैयाँसम्मको क्यास डिस्काउन्टसँगै २० हजार रुपैयाँसम्म मूल्य पर्ने साउन्डबार पनि उपलब्ध गराउने व्यवस्था गरेका छौं। अन्य टेलिभिजन मोडलमा पनि क्यासब्याक र विभिन्न उपहारको व्यवस्था छ।

वासिङ मेसिनमा प्रत्येक खरिदमा ६ किलोको सरफ निःशुल्क उपलब्ध गराइरहेका छौं। त्यससँगै मोडलअनुसार क्यासब्याक पनि रहेको छ। एयर कन्डिसनर र रेफ्रिजेरेटरमा पनि क्यासब्याक तथा उपहारसहितका योजना ल्याएका छौं।

हामीले ग्राहकले पर्वको समयमा उत्पादन खरिद गर्दा अतिरिक्त मूल्य प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अफर तयार गरेका हौं। ग्राहकले उत्पादन मात्र होइन, त्यससँग जोडिएको अतिरिक्त सुविधा र उपहार पनि प्राप्त गर्ने अवस्था बनाएका छौं।

टीसीएलको नेपाली बजारमा अहिलेको अवस्था कस्तो छ ?

नेपाली ग्राहकले टीसीएललाई निकै राम्रो प्रतिक्रिया दिनुभएको छ। पछिल्लो समय बजारमा हाम्रो माग निरन्तर बढिरहेको छ। यसअघि केही निश्चित समय वा अफ सिजनमा टेलिभिजनलगायतका इलेक्ट्रोनिक्स उत्पादनको बिक्री केही कम हुने अवस्था देखिन्थ्यो। अहिले भने बजारमा निरन्तर माग कायम छ।

साउन, भदौ हुँदै अहिले असोजसम्म आइपुग्दा पनि हाम्रो बिक्रीमा राम्रो गति देखिएको छ। नेपाली ग्राहकले टीसीएलप्रति देखाउनुभएको विश्वास र अनुभवले हाम्रो बजार विस्तारलाई सहज बनाएको छ।

हामी प्रत्येक वर्ष नयाँ मोडल र नयाँ सिरिज नेपाली बजारमा ल्याइरहेका छौं। पछिल्लो समय ल्याइएका नयाँ टेलिभिजन सिरिजमा ग्राहकको रुचि निकै राम्रो देखिएको छ। ग्राहकले एउटै उत्पादनमा नयाँ प्रविधि, राम्रो डिजाइन, सुविधा र प्रतिस्पर्धी मूल्य खोज्न थालेका छन्। टीसीएलका उत्पादनले यी पक्षलाई एकसाथ समेट्न खोजेका छन्।

टीसीएललाई नेपाली बजारमा अन्य ब्राण्डभन्दा फरक बनाउने पक्ष के हो ?

हाम्रो मुख्य बल भनेको उत्पादनको विविधता, प्रविधि र विश्वव्यापी अनुभव हो। टीसीएल एउटा बहुराष्ट्रिय ब्राण्ड हो। विश्वभर ठूलो संख्यामा कर्मचारी, उत्पादन तथा सञ्चालन संरचना र ठूलो साझेदार सञ्जालमार्फत कम्पनीले काम गरिरहेको छ।

हामीले विश्व बजारमा विकास भइरहेको प्रविधिलाई नेपाली बजारसम्म ल्याउने प्रयास गरिरहेका छौं। ग्राहकले विदेशमा देखेको वा प्रयोग गरेको मोडल तथा प्रविधि नेपालमा पनि खोज्न थाल्नुभएको छ। त्यसैले विश्व बजारमा आएको नयाँ प्रविधि नेपालमा ल्याउनु हाम्रो प्राथमिकतामा छ।

आज नेपाली ग्राहक विदेशमा बसेर पनि नेपालमा उपलब्ध टीसीएलका मोडल र फिचरबारे जानकारी लिनुहुन्छ। कतिपय ग्राहकले विदेशमा देखेको मोडल नेपालमा उपलब्ध छ कि छैन भनेर हामीसँग सम्पर्क गर्नुहुन्छ। यसले नेपाली ग्राहकको उत्पादनसम्बन्धी जानकारी र अपेक्षा दुवै बढेको देखाउँछ।

ग्लोबल बजारमा टीसीएलको स्थान कस्तो छ ?

टीसीएलले विभिन्न उत्पादन श्रेणीमा विश्व बजारमा अग्रणी स्थान बनाएको छ। गुगल टीभीमा टीसीएल विश्वकै अग्रणी ब्राण्डमध्ये एक हो। मिनी क्यूएलईडी, ठूला आकारका टेलिभिजन र ७५ इन्चभन्दा माथिका टेलिभिजनको बजारमा पनि टीसीएलले बलियो स्थान बनाएको छ।

त्यस्तै टेलिभिजन उत्पादनको समग्र क्षेत्रमा पनि टीसीएल विश्वका प्रमुख उत्पादकमध्ये पर्छ। फरक–फरक उत्पादन श्रेणीमा टीसीएलले ग्लोबल टप पोजिसन हासिल गर्दै आएको छ।

यसको फाइदा नेपाली बजारलाई पनि हुन्छ। विश्व बजारमा विकास भएको प्रविधि, नयाँ सिरिज र नयाँ फिचरलाई नेपाली ग्राहकसम्म ल्याउन हामीलाई सहज हुन्छ। अहिले नेपाली ग्राहकले विश्वस्तरीय उत्पादन नेपालमै खोज्न थालेका छन्। त्यसलाई सम्बोधन गर्न हामीले उत्पादनको रेन्ज विस्तार गरिरहेका छौं।

नेपाली बजारमा टीसीएलका कुन उत्पादन बढी लोकप्रिय छन् ?

अहिले मुख्य रूपमा टेलिभिजन, वासिङ मेसिन र एयर कन्डिसनरमा ग्राहकको रुचि धेरै छ। टेलिभिजनमा पनि विभिन्न आकार, प्रविधि र मूल्य रेन्जका उत्पादन उपलब्ध छन्।

उच्च प्रविधिका टेलिभिजनदेखि सामान्य उपभोक्ताको बजेटलाई लक्षित गरिएका मोडलसम्म हामीसँग विकल्प छन्। अल्ट्रा–लार्ज स्क्रिन, मिनी क्यूएलईडीलगायतका प्रविधिमा आधारित टेलिभिजनले राम्रो प्रतिक्रिया पाइरहेका छन्।

वासिङ मेसिनमा पनि हामीले नयाँ प्रविधिमा आधारित उत्पादन ल्याएका छौं। डाइरेक्ट ड्राइभ मोटर प्रयोग भएका वासिङ मेसिन तथा नयाँ सिरिज बजारमा छन्। एयर कन्डिसनरमा पनि विभिन्न क्षमता र मूल्य रेन्जका उत्पादन उपलब्ध छन्।

हाम्रो उद्देश्य एउटा निश्चित वर्गका ग्राहकलाई मात्र लक्षित गर्नु होइन। फरक–फरक आवश्यकता र बजेट भएका ग्राहकलाई समेट्ने गरी उत्पादन रेन्ज विस्तार गरिरहेका छौं।

उत्पादनको विविधताले बजार विस्तारमा कस्तो सहयोग गरेको छ ?

नेपाली बजारमा उपभोक्ताको आवश्यकता एउटै हुँदैन। कसैले प्रिमियम उत्पादन खोज्नुहुन्छ, कसैले मध्यम रेन्जको उत्पादन खोज्नुहुन्छ भने कसैले मूल्यलाई प्राथमिकता दिनुहुन्छ। त्यसैले सीमित उत्पादनमा मात्र केन्द्रित भएर सबै ग्राहकलाई समेट्न सकिँदैन।

टीसीएलले यही कारणले फरक–फरक रेन्जमा उत्पादन उपलब्ध गराउँदै आएको छ। टेलिभिजनमा पनि विभिन्न स्क्रिन साइज र प्रविधिका उत्पादन छन्। वासिङ मेसिन, एयर कन्डिसनर र रेफ्रिजेरेटरमा पनि विभिन्न मोडल र मूल्य रेन्ज छन्।

यसले गर्दा बजारमा हाम्रो पहुँच फराकिलो भएको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार टीसीएलभित्रै विकल्प पाउने अवस्था बनेको छ। यही विविधता हाम्रो बजार विस्तारको एउटा महत्वपूर्ण आधार हो।

पर्वको समयमा बिक्रीसँगै ग्राहक सेवामा पनि विशेष व्यवस्था गरिएको छ ?

पक्कै। हामीले उत्पादन बिक्रीलाई मात्र प्राथमिकता दिएका छैनौं। ग्राहकले उत्पादन खरिद गरेपछि पाउने सेवा पनि उत्तिकै महत्वपूर्ण छ।

दशैं, तिहार र छठको विशेष योजनामा निःशुल्क डेलिभरी, विभिन्न सेवासहित ग्राहकलाई सहज हुने व्यवस्था गरेका छौं। ग्राहकले उत्पादन खरिद गर्दा र त्यसपछि पनि राम्रो सेवा पाउन सकून् भन्नेमा हामी केन्द्रित छौं।

आजको प्रतिस्पर्धी बजारमा केवल राम्रो उत्पादन बनाएर पुग्दैन। ग्राहकलाई बिक्रीपछिको सेवा पनि राम्रो दिनुपर्छ। त्यसैले टीसीएलले सेवा सञ्जाल र ग्राहक सन्तुष्टिलाई पनि प्राथमिकतामा राखेको छ।

नेपाली बजारमा टीसीएलको आगामी रणनीति के हो ?

हामी नेपाली बजारलाई दीर्घकालीन रूपमा हेरेर काम गरिरहेका छौं। हरेक वर्ष नयाँ मोडल र नयाँ सिरिज ल्याउने हाम्रो योजना निरन्तर रहनेछ। विश्व बजारमा विकास भएका प्रविधि नेपाली ग्राहकले पनि नेपालमै प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।

नेपाली उपभोक्ताको अपेक्षा तीव्र रूपमा बदलिरहेको छ। केही वर्षअघि टेलिभिजन भनेको केवल च्यानल हेर्ने उपकरणका रूपमा बुझिन्थ्यो। अहिले ग्राहकले स्मार्ट फिचर, उच्च रिजोल्युसन, राम्रो ध्वनि, ठूलो स्क्रिन, गेमिङ सुविधा र इन्टरनेटमा आधारित विभिन्न सुविधा खोज्न थालेका छन्।

त्यसैले ग्राहकको बदलिँदो आवश्यकतालाई बुझेर उत्पादन ल्याउनु हाम्रो प्राथमिकता हुनेछ। मूल्य, प्रविधि, डिजाइन र सेवाको संयोजनमार्फत नेपाली बजारमा टीसीएलको उपस्थिति अझ बलियो बनाउने हाम्रो लक्ष्य हो।

अन्त्यमा दशैं, तिहार र छठका अवसरमा ग्राहकलाई के भन्न चाहनुहुन्छ ?

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा टीसीएल ब्राण्डको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

नेपाली ग्राहकले टीसीएलप्रति देखाउनुभएको माया, विश्वास र भरोसाकै कारण हामी निरन्तर अगाडि बढिरहेका छौं। प्रत्येक वर्षको हाम्रो वृद्धि ग्राहकको सन्तुष्टि र विश्वाससँग जोडिएको छ।

आगामी दिनमा पनि नेपाली ग्राहकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर नयाँ प्रविधि, नयाँ उत्पादन र अझ राम्रो सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। दशैं, तिहार र छठको अवसरमा ल्याइएको विशेष योजनाबाट अधिकतम लाभ लिन सबै ग्राहकलाई आग्रह गर्दछु।

2