काठमाडौं । निर्देशक सत्यराज चौलागाईंको निर्देशनमा तयार भएको नयाँ गीत ‘रुँदा रुँदै’ सार्वजनिक भएको छ।‘एट के’ एभरेस्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले भावनात्मक कथा र प्रस्तुतिमार्फत दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
गीतमा रोशन बलामीको स्वर, प्रकाश दीप तिमल्सिनाको शब्द तथा सुन्दर मगरको संगीत रहेको छ। भिडियोमा प्रकाश दीप तिमल्सिना, आकृति पोखरेल, सरिता राजुपाध्याय, राज पण्डित, अनिल पोखरेल र संगम पौडेलको अभिनय रहेको छ भने बाल कलाकार सम्मान चौलागाईंको पनि अभिनय देख्न सकिन्छ।
रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतका निर्माता अनिल पोखरेल हुन्। चलचित्र लेखन, निर्देशन तथा निर्माणको अनुभव बोकेका सत्यराज चौलागाईंले ‘रुँदा रुँदै’मार्फत भिडियो निर्देशनमा आफ्नो सिर्जनात्मक प्रस्तुतिलाई अगाडि बढाएका छन्।
