Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

सेन्चुरी चाउचाउ बजारमा सार्वजनिक

सेन्चुरी चाउचाउ बजारमा सार्वजनिक
A A+ A-

काठमाडौं । सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारलाई लक्षित गर्दै नयाँ तयारी चाउचाउ सार्वजनिक गरेको छ । मसला तथा स्न्याक्स उत्पादनबाट बजारमा पहिचान बनाएको सेन्चुरी ब्रान्डले तयारी चाउचाउमार्फत आफ्नो उत्पादन दायरा थप विस्तार गरेको हो ।

नेपाली उपभोक्ताको स्वाद, रुचि र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ चाउचाउ विकास गरिएको कम्पनीले जनाएको छ । व्यस्त दैनिकीमा छिटो र सहज रूपमा तयार हुने खाद्य पदार्थको माग बढिरहेका बेला फरक स्वाद र गुणस्तरको विकल्प दिने उद्देश्यले उत्पादन बजारमा ल्याइएको कम्पनीको भनाइ छ ।

नयाँ चाउचाउको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका चारवटा भाटभटेनी सुपरमार्केटमा विशेष स्वाद परीक्षण स्टल सञ्चालन गरिएको छ । बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुरस्थित भाटभटेनीका शाखामा राखिएका स्टलमा उपभोक्ताले नयाँ चाउचाउको स्वाद प्रत्यक्ष परीक्षण गर्न सक्नेछन् । उत्पादनबारे आवश्यक जानकारीसमेत स्टलबाट लिन सकिने कम्पनीले जनाएको छ ।

सेन्चुरीले उपभोक्ताको बदलिँदो रुचिअनुसार खाद्य उत्पादनमा निरन्तर नवीनता ल्याउने रणनीति अघि बढाएको जनाएको छ । स्वाद, गुणस्तर र सहज उपलब्धतालाई प्राथमिकतामा राखेर नयाँ उत्पादन विकास गर्दै आएको कम्पनीको भनाइ छ ।

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले यसअघि विभिन्न मसला तथा स्न्याक्स उत्पादनमार्फत खाद्य बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । चाउचाउको उत्पादनसँगै कम्पनीले तयारी खाद्य पदार्थको क्षेत्रमा समेत व्यवसाय विस्तार गरेको हो ।

नेपाली बजारमा स्वदेशी खाद्य ब्रान्डबीच प्रतिस्पर्धा बढिरहेका बेला उपभोक्ताको माग र स्वादअनुसार नयाँ उत्पादन आवश्यक रहेको कम्पनीले जनाएको छ । सेन्चुरी चाउचाउलाई बजारमा स्थापित गर्दै उपभोक्तामाझ ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने लक्ष्य कम्पनीको छ ।

कम्पनीले आफ्ना खाद्य उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै आएको जनाएको छ । नयाँ चाउचाउमार्फत नेपाली उपभोक्तालाई फरक स्वादको अनुभव दिनुका साथै स्वदेशी खाद्य उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य रहेको कम्पनीको भनाइ छ । तयारी चाउचाउको प्रतिस्पर्धात्मक बजारमा प्रवेश गरेसँगै सेन्चुरीले स्वाद, गुणस्तर र बजार पहुँचलाई आधार बनाएर आफ्नो उपस्थिति बलियो बनाउने तयारी गरेको छ ।

2