Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

गणेश हिमाल बेसक्याम्पमा पहिलो पटक होटल-लज सञ्चालन

गणेश हिमाल बेसक्याम्पमा पहिलो पटक होटल-लज सञ्चालन
A A+ A-

काठमाडौं। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका: ६ मा रहेको गणेश हिमाल बेसक्याम्पमा पहिलो पटक होटल तथा लज सञ्चालनमा आएको छ।

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा अवस्थित यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि दुई स्थानीय युवाले संयुक्त लगानीमा सेवा सुरु गरेका हुन्।

सञ्चालक दावा रिञ्जिन लामाका अनुसार यसअघि बेसक्याम्पमा आउने पर्यटकका लागि खाना र बासको उचित व्यवस्था नहुँदा समस्या हुने गरेको थियो। सोही आवश्यकतालाई ध्यानमा राख्दै होटल सञ्चालन गरिएको हो। हाल होटलमा एक पटकमा करिब २५ जना पर्यटकलाई खाने र बस्ने सुविधा उपलब्ध छ।

चुम उपत्यका पदमार्गअन्तर्गत रेञ्जोमबाट करिब १० घण्टाको पैदल यात्रापछि बेसक्याम्प पुग्न सकिन्छ। यात्राको पहिलो दिन पाँच घण्टा हिँडेर गुम्बा लोङ्टाङमा बास बसेपछि दोस्रो दिन थप पाँच घण्टाको यात्रा गरी बेसक्याम्प पुगिने लामाले जानकारी दिए।

सार्वजनिक जग्गामा स्थायी संरचना बनाउन नपाइने भएकाले हाल होटल टेन्टमा सञ्चालन गरिएको छ। यहाँ मनास्लु र चुमभ्याली पदमार्गमा जस्तै मेनुअनुसारको खाना उपलब्ध छ।

होटल रहेको स्थानबाट थप दुई घण्टा पदयात्रा गरेपछि गणेश हिमालको वास्तविक आधार शिविर पुगिन्छ। भ्रमणपछि पर्यटक सोही दिन चुम्लिङसम्म फर्कन सक्ने व्यवस्था मिलाइएको छ।

हालसम्म सरकारले गणेश हिमाल आरोहणका लागि अनुमति नदिए पनि यहाँ पुग्ने पर्यटकको सङ्ख्या उल्लेख्य छ। आरोहण खुला गरिएमा यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने स्थानीयको विश्वास छ।

2