Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

माछापुच्छ्रे बैंकले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

माछापुच्छ्रे बैंकले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
A A+ A-

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ।

बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियासहित बैंकिङ सेवालाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

इन्फोसिस फिनाकल इनोभेसन अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा गरेका उत्कृष्ट कामलाई सम्मान गर्दै आएको छ। यस वर्ष ५०० भन्दा बढी आवेदनमध्येबाट माछापुच्छ्रे बैंकले अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ।

त्यस्तै, बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ विधामा अर्को अन्तर्राष्ट्रिय अवार्ड पनि जितेको छ। इन्डियन च्याम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

कर्जा, सञ्चालन, बजार तथा तरलता जोखिम व्यवस्थापनमा देखाएको सक्रियता र सुरक्षित तथा जिम्मेवार बैंकिङ अभ्यासका लागि बैंकलाई यो अवार्ड दिइएको जनाइएको छ।

माछापुच्छ्रे बैंकले पछिल्ला वर्षमा पनि विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले यसअघि भिसा लिडरसिप कन्क्लेभ अवार्ड २०२३ र २०२४, इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ र २०२५ तथा राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड २०२५ प्राप्त गरिसकेको छ।

2