Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

अमेरिकामा ईभी बिक्री घट्दा युरोपमा माग बढ्यो

अमेरिकामा ईभी बिक्री घट्दा युरोपमा माग बढ्यो
A A+ A-

अमेरिकामा विद्युतीय सवारीसाधन (ईभी) को बिक्री तीव्र रूपमा घटेको छ भने युरोपमा यसको माग बढिरहेको छ । अमेरिकी सरकारले ईभी खरिदमा दिँदै आएको ७ हजार ५०० डलरको कर छुट हटाएपछि बिक्री प्रभावित भएको हो । युरोपमा भने महँगो इन्धन, सरकारी सहुलियत र नयाँ मोडलको उपलब्धताले विद्युतीय कारको बजार विस्तार भइरहेको छ ।

अनुसन्धान संस्था मोटर इन्टेलिजेन्सका अनुसार सन् २०२६ को सेप्टेम्बरसम्म अमेरिकामा ईभीको बिक्री अघिल्लो वर्षको तुलनामा ३०.७ प्रतिशतले घटेको छ । अमेरिकी कार बजारमा ईभीको हिस्सा पनि घटेर ६ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको हिस्सा ८.५ प्रतिशत थियो ।

एक वर्षअघि कर छुटको समयसीमा सकिनुअघि अमेरिकी उपभोक्ताले ईभी खरिदमा तीव्रता दिएका थिए । तर, सरकारी सुविधा हटेपछि बजारमा त्यसको प्रभाव देखिएको छ । धेरै कार निर्माताले विद्युतीय मोडलको उत्पादन रोकेका छन् वा नयाँ मोडल ल्याउने योजना रद्द गरेका छन् । केही कम्पनीले ग्राहक आकर्षित गर्न दिँदै आएका सस्ता लिज सुविधा पनि हटाएका छन् ।

युरोपको अवस्था भने ठीक उल्टो छ । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनका अनुसार सन् २०२६ को सेप्टेम्बरसम्म युरोपेली कार बजारमा ईभीको हिस्सा २३.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो हिस्सा १७.७ प्रतिशत थियो ।

इरान युद्धका कारण इन्धनको मूल्य बढेपछि युरोपेली उपभोक्ताले पेट्रोल र डिजेलबाट चल्ने कारको विकल्प खोजिरहेका छन् । विद्युतीय कारको बढ्दो उपलब्धता, उत्सर्जनसम्बन्धी कडा नियम र विभिन्न देशले उपलब्ध गराएका कर छुटले पनि बजारलाई गति दिएका छन् ।

ब्रसेल्सस्थित वातावरणीय वकालत समूह ट्रान्सपोर्ट एन्ड इन्भायरोन्मेन्टका अनुसार सन् २०२६ को पहिलो छ महिनामा युरोपमा १५० भन्दा बढी ईभी मोडल बिक्रीका लागि उपलब्ध थिए । सन् २०२४ मा यस्तो संख्या करिब १०० मात्रै थियो । नयाँ मोडलमध्ये धेरैको मूल्य २५ हजार युरोभन्दा कम छ । यसले उपभोक्तालाई आफ्नो बजेटअनुसार विद्युतीय कार रोज्ने अवसर दिएको छ ।

अमेरिकामा भने उपभोक्ताको रुचि पूर्ण विद्युतीय कारबाट हाइब्रिड सवारीतर्फ सर्दै गएको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा हाइब्रिड कारको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेको छ । कुल अमेरिकी कार बिक्रीमा हाइब्रिडको हिस्सा १५.६ प्रतिशत पुगेको छ ।

कार बिक्रेता तथा विश्लेषकहरूका अनुसार ईभीप्रति चासो पूर्ण रूपमा समाप्त भएको छैन । तर, सरकारी सहुलियत हटेपछि उपभोक्ताले खरिद लागत, चार्जिङ सुविधा र लामो दूरीको यात्रालाई ध्यानमा राखेर हाइब्रिड रोज्न थालेका छन् । निसानले आफ्नो लोकप्रिय रोग एसयूभीमा नयाँ हाइब्रिड प्रणाली ल्याउने समयसमेत अगाडि सारेको छ ।

निसानका अमेरिकी बिक्री तथा बजार व्यवस्थापनका वरिष्ठ उपाध्यक्ष टियागो क्यास्ट्रोले हाइब्रिडलाई ड्राइभिङ रेन्जबारे चिन्ता गर्ने उपभोक्ताका लागि सुरक्षित विकल्पका रूपमा व्याख्या गरेका छन् । सरकारी प्रोत्साहन उपलब्ध हुँदाको अवस्था र अहिलेको बजार परिस्थिति फरक रहेको उनको भनाइ छ ।

यद्यपि, पुराना विद्युतीय कारको बजारमा भने सुधार देखिएको छ । अनुसन्धान साइट कारगुरुजका अनुसार सन् २०२६ को सेप्टेम्बरसम्म अमेरिकामा पुराना ईभीको बिक्री अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढेको छ । उच्च इन्धन मूल्यबाट राहत खोजिरहेका कम आय भएका उपभोक्ताले तुलनात्मक रूपमा सस्ता पुराना विद्युतीय कार रोज्न थालेका छन् ।

ईभीमा मात्रै केन्द्रित कम्पनीहरूको प्रदर्शन पनि फरक देखिएको छ । मोटर इन्टेलिजेन्सका अनुसार यस वर्षको पहिलो तीन त्रैमासिकमा अमेरिकामा टेस्लाको बिक्री १४ प्रतिशतले घटेको छ । तर, नयाँ आर२ एसयूभी बजारमा ल्याएको रिभियनको बिक्री २९ प्रतिशतले बढेको छ ।

परम्परागत कार निर्माता कम्पनीहरू भने बढी दबाबमा छन् । सेप्टेम्बरसम्म फोर्डको ईभी बिक्री ६८ प्रतिशतले घटेको छ भने जनरल मोटर्सको बिक्रीमा ४३ प्रतिशत गिरावट आएको छ । होन्डाले हाइब्रिड कारको बिक्री विस्तार गर्ने रणनीतिअन्तर्गत यस वर्षपछि आफ्ना केही विद्युतीय कारको उत्पादन बन्द गर्ने निर्णय गरेको छ ।

होन्डाका अमेरिकी बिक्री उपाध्यक्ष लान्स वोएल्फरका अनुसार ७ हजार ५०० डलरको कर छुट हटेपछि ईभीको बजार हिस्सा घट्ने संकेत देखिएको थियो । यसले अमेरिकी बजारमा सरकारी नीतिले विद्युतीय कारको मागमा कति ठूलो प्रभाव पार्छ भन्ने देखाएको छ ।

यता, इन्धनको मूल्य बढेपछि हुन्डाईले भने ईभी बिक्रीमा सुधार देखेको जनाएको छ । हुन्डाई मोटर नर्थ अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र्‍यान्डी पार्करका अनुसार डिलरहरूबाट विद्युतीय कारको माग आइरहेको छ । कम्पनीले ईभी उत्पादन र बिक्रीबाट पछि नहट्ने उनको भनाइ छ ।

अमेरिका र युरोपको बजारले विद्युतीय सवारीको भविष्य एउटै गतिमा अघि नबढ्ने संकेत गरेका छन् । अमेरिकामा सरकारी सहुलियत हट्नु र उपभोक्ताको हाइब्रिडप्रतिको आकर्षण बढ्नुले ईभी बजारलाई दबाबमा पारेको छ । युरोपमा भने इन्धनको महँगी, सरकारी नीति र सस्ता मोडलको उपलब्धताले विद्युतीय कारको विस्तारलाई गति दिएको छ ।

2