Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

भारतमा बजार बन्द भएपछि बेसार किसान चिन्तित

भारतमा बजार बन्द भएपछि बेसार किसान चिन्तित
A A+ A-

कञ्चनपुर । धान र गहुँभन्दा राम्रो आम्दानी हुने भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका किसान व्यावसायिक बेसारखेतीमा लागे । तर अहिले उत्पादनभन्दा पनि बिक्रीको चिन्ताले उनीहरूलाई सताएको छ । विगतमा सहजै भारतीय बजारमा बिक्री हुने बेसार गत वर्षदेखि भारत जान बन्द भएपछि किसान आफ्नै उत्पादनको बजार खोज्न भौँतारिनुपर्ने अवस्थामा पुगेका छन् ।

कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गरेका छन् । धानखेतीभन्दा राम्रो आम्दानी हुने भएपछि बेसारखेती विस्तार गरेका उनलाई यस वर्ष उत्पादन बिक्री गर्न नसकिने हो कि भन्ने चिन्ता छ । भारतीय बजारमा बिक्री हुँदै आएको बेसारको निकासी रोकिएपछि किसानले अहिले नेपालकै उद्योगमा बजार खोज्न थालेका छन् ।

“धानखेतीभन्दा बेसारखेतीमा राम्रो आम्दानी हुन थालेपछि डेढ बिघा जग्गामा खेती गरेको छु । तर बिक्रीका लागि बजार पाइँदैन कि भन्ने चिन्ता छ”, बुढाले भने, “गत वर्षदेखि बेसार भारत जान बन्द भएपछि नेपालतर्फका उद्योगमा सम्पर्क गर्न थालेका छौँ ।”

भारतीय बजार कुतियाकवरका किसानका लागि उत्पादन बिक्री गर्ने सहज माध्यम थियो । बजार सुनिश्चित हुँदा खेती विस्तार गर्न पनि सजिलो थियो । तर भारततर्फ बिक्री बन्द भएपछि उत्पादन कहाँ र कसलाई बेच्ने भन्ने समस्या थपिएको छ । अब किसानले आफ्नो उत्पादनका लागि नेपालभित्रै भरपर्दो बजार खोज्नुपर्ने भएको छ ।

स्थानीय टेकबहादुर सुनारले १८ कठ्ठा जग्गामा बेसारखेती गर्दै आएका छन् । उनका अनुसार सबै खर्च कटाएर बेसारखेतीबाट डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । त्यही आम्दानीले घरखर्च चलाउन र बालबालिकाको पढाइमा सहयोग पुगेको थियो । अहिले भने बजारको अनिश्चितताले उनको आम्दानीसमेत जोखिममा परेको छ ।

“यसअघि हाम्रो उत्पादन भारतीय बजारमा बिक्री हुन्थ्यो, समस्या थिएन”, सुनारले भने, “बेसारखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना भए पनि उत्पादनपछि बजार सुनिश्चित नहुँदा समस्या हुने गरेको छ ।”

स्थानीय मोतिराम सुनारले २२ कठ्ठा जग्गामा बेसारखेती गरेका छन् । उनका अनुसार कुतियाकवरको माटो बेसारखेतीका लागि उपयुक्त छ र उत्पादन गर्न खासै समस्या छैन । तर उत्पादन बिक्री गर्ने बजार नहुँदा खेतीबाट हुने आम्दानी नै अनिश्चित बनेको छ ।

“हाम्रो घरखर्च सबै खेतीबाट चलेको छ, अरू रोजगारी छैन”, उनले भने, “खेती गर्न पनि ढुक्कसँग गर्न सकिने अवस्था छैन ।”

किसानले अहिले बेसार बिक्रीका लागि नेपालका मसला उद्योगसँग सम्पर्क गरिरहेका छन् । भारतीय बजारमा निर्भर रहेको बेसारखेतीलाई अब नेपालकै बजारसँग जोड्नुपर्ने चुनौती उनीहरूका सामु छ । नियमित बजार, उचित मूल्य र उत्पादित बेसार खरिद गर्ने सुनिश्चित व्यवस्था नहुँदासम्म किसानलाई ढुक्कसँग खेती विस्तार गर्न कठिन हुने देखिन्छ ।

कुतियाकवरका किसानलाई कृषि ज्ञान केन्द्र कञ्चनपुरले ५० प्रतिशत अनुदानमा बेसारको बीउ उपलब्ध गराएको छ । सरकारी अनुदानले खेती विस्तार गर्न सहयोग पुगे पनि उत्पादन बिक्रीको समस्या समाधान हुन सकेको छैन । किसानले बीउ र खेतीमा सहयोग पाएजस्तै उत्पादित वस्तुको बजारीकरणमा पनि सरकारी साथ खोजिरहेका छन् ।

दोधारा चाँदनी नगरपालिकाले भने किसानको समस्या समाधान गर्न स्थानीयस्तरमै मसला उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । नगरप्रमुख किशोर लिम्बूका अनुसार उद्योग सञ्चालन गर्ने निर्णय नगर कार्यपालिकाबाट भइसकेको छ र त्यसका लागि बजेटसमेत विनियोजन गरिएको छ ।

“कार्यपालिकाबाट मसला उद्योग सञ्चालन गर्ने निर्णय गरिसकेका छौँ, बजेट पनि विनियोजन भएको छ”, लिम्बूले भने, “उद्योग सञ्चालनका लागि ठाउँ खोज्ने काम भइरहेको छ ।”

स्थानीयस्तरमा मसला उद्योग सञ्चालनमा आए किसानले उत्पादन बिक्रीका लागि बाहिरी बजारमा निर्भर हुनुपर्ने बाध्यता घट्ने नगरपालिकाको अपेक्षा छ । उद्योगले किसानको बेसार खरिद गर्ने, प्रशोधन गर्ने र बजारसम्म पुर्‍याउने व्यवस्था गर्न सके स्थानीय उत्पादनले उचित मूल्य पाउने सम्भावना बढ्नेछ ।

कुतियाकवरमा बेसारखेतीको सम्भावना भए पनि बजारको अनिश्चितताले किसानलाई थप लगानी गर्न हच्काएको छ । उत्पादनपछि बिक्रीको सुनिश्चितता नहुँदा उनीहरूको मेहनत र लगानी जोखिममा परेको छ । त्यसैले बेसारखेतीलाई दिगो आम्दानीको स्रोत बनाउन उत्पादनमा अनुदान दिनेमात्र होइन, खरिद, प्रशोधन र बजारीकरणको भरपर्दो व्यवस्था गर्न पनि आवश्यक छ ।

2