Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

एनएमबिले ल्यायो खरिद कर्जा र किस्ता सुविधा

एनएमबिले ल्यायो खरिद कर्जा र किस्ता सुविधा
A A+ A-

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई सामान खरिदमा तत्काल कर्जा र मासिक किस्ताबन्दीको सुविधा उपलब्ध गराउने भएको छ। यसका लागि बैंकले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुने त्रिपक्षीय सम्झौता गरेको छ।

सम्झौतापछि एनएमबि बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल ‘लुप क्रेडिट’ सुविधा लिन सक्नेछन्। यस सुविधामार्फत ग्राहकले खरिदका बेला नै कर्जाको पहुँच पाउने बैंकले जनाएको छ।

त्यसैगरी, ग्राहकले आफ्नो एनएमबि डेबिट कार्ड वा क्युआरमार्फत गरेको भुक्तानीलाई ‘लुप इएमआई’ सुविधामार्फत मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्। यसबाट एकैपटक पूरा रकम भुक्तानी गर्नुपर्ने दबाब कम हुनुका साथै खर्च व्यवस्थापन सहज हुने बैंकको अपेक्षा छ।

डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस सेवाले ग्राहकलाई खरिद र भुक्तानीको प्रक्रिया सरल बनाउन सहयोग गर्ने बैंकले जनाएको छ। लुप नेटवर्कमा आबद्ध व्यावसायिक संस्थाबाट सेवा लिएर ग्राहकले आफ्नो आवश्यकताअनुसार तत्काल कर्जा वा किस्ताबन्दीको विकल्प रोज्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

2