Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा दुई जातका अङ्गुरको परीक्षण
A A+ A-

चितवन। पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ। रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो।

पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ। नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उनले बताए।

न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको उनले जानकारी दिए। भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो। उनले भने, “परीक्षण सफल भयो भने कृषकलाई अङ्गुरखेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ।”

सोनाका ब्ल्याक जातको अङ्गुर किस्मिस बनाउन प्रयोग गरिन्छ भने ग्रिन फलफूलका रुपमा खान प्रयोग गरिने उनले जानकारी दिए।

नगरपालिकाले रु पाँच लाखको लागतमा आफ्नै निगरानीमा परीक्षण गरिरहेको छ। यसलाई जाइका नेपालले प्राविधिक सहयोग गरेको उनले बताए। गत असारमा अङ्गुरको बिरुवा ल्याएर रोपिएको हो। रोपेको एक वर्षपछि उत्पादन दिन थाल्ने उनले जानकारी दिए।

अहिले अङ्गुर रोपिएको ठाउँको रेखदेखका लागि जाइकाले एक जना स्वयंसेवी खटाएको छ। जसले नियमित अङ्गुरको रेखदेख र वृद्धिविकासका बारेमा ध्यान दिने गरेको उनले बताए। अङ्गुरको वृद्धिविकास अहिले राम्रो भएको बताउँदै उनले भावि दिनमा उत्पादन कस्तो हुन्छ हेर्न बाँकी रहेको बताए।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कृषि र पर्यटन जोड्नका लागि पालिकाले परीक्षण थालेको बताए। पर्यटकीय नगरी सौराहा रत्ननगरमा पर्दछ। यहाँ आउने पर्यटकलाई अङ्गुर फारम घुमाएर कृषिसँग जोड्ने योजना रहेको उनले बताए।

परीक्षण सफल भएमा यसलाई विस्तार गर्दै लगेर उद्योगका रुपमा विस्तार गर्ने योजनाअनुसार काम गरिएको उनले बताए। धानखेतीमा भन्दा यसमा आम्दानी लिन सजिलो र बढी आम्दानी हुने भएकाले खेती गरिएको हो।

2