Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

कञ्चनजंघामा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघामा पर्यटकको चहलपहल बढ्यो
A A+ A-

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। भदौको तेस्रो सातादेखि नै आन्तरिक तथा बाह्य पर्यटक आधार शिविरतर्फ जान थालेका छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को घुन्सास्थित पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन्। पर्यटक आगमन बढेपछि स्थानीय होटल, लज, गाइड तथा अन्य पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यस याममा फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत देशबाट पर्यटक आएका छन्। केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही उच्च उचाइमा पुग्नुअघि शरीरलाई वातावरणसँग अभ्यस्त बनाउन घुन्सा क्षेत्रमा विश्राम गरिरहेका छन्।

साहसिक यात्रा, पदयात्रा र हिमाल आरोहणका लागि कञ्चनजंघा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेपछि स्थानीय व्यवसायीमा उत्साह थपिएको छ।

कञ्चनजंघा क्षेत्रमा वर्षमा दुई मुख्य पर्यटकीय याम हुन्छन्। चैत, वैशाख र जेठ वसन्तकालीन याम हो भने भदौदेखि मंसिरसम्म शरदकालीन याम चल्छ। असार र साउनमा भारी वर्षाका कारण पदमार्गमा समस्या हुने तथा पुस, माघ र फागुनमा हिमपातले यात्रा जोखिमपूर्ण बनाउने भएकाले यी अवधिमा पर्यटक आगमन घट्ने गर्छ।

पछिल्ला वर्षमा विदेशी पर्यटकसँगै नेपालीको आकर्षण पनि बढेको छ। विशेषगरी दसैं र तिहारको बिदामा नेपाली पर्यटक परिवार तथा साथीभाइसँग पदयात्रामा निस्कने गरेका छन्। होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला स्थानीय होटल तथा लजमा आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ। यद्यपि, नेपाली पर्यटकको आधिकारिक विवरण भने पर्यटन जाँच चौकीमा नियमित रूपमा दर्ता हुने गरेको छैन।

पर्यटकको चहलपहलले स्थानीय अर्थतन्त्रमा समेत लाभ पुर्‍याएको छ। पदयात्रा गाइड, भरिया, होटल तथा लज सञ्चालक, यातायात व्यवसायी र हस्तकला व्यापारीको आम्दानी बढेको छ। व्यवसायीका अनुसार पर्यटकीय याममा होटल व्यवसायको आम्दानी ३० प्रतिशतभन्दा बढी बढ्ने अनुमान छ। विदेशी पर्यटक लामो समय बस्ने भएकाले गाइड, भरिया र क्याम्पिङ सामग्रीको मागसमेत बढेको व्यवसायी फुपुछोहाङ शेर्पाले बताए।

समुद्री सतहबाट आठ हजार ५८६ मिटर उचाइमा रहेको कञ्चनजंघा हिमालको उत्तरी र दक्षिणी गरी दुई आधार शिविर छन्। उत्तरी आधार शिविर पाङपेमा पाँच हजार १४३ मिटर उचाइमा छ। सदरमुकाम फुङ्लिङबाट सवारीसाधनमा जापानटार पुगेपछि करिब तीन दिन पैदल हिँडेर घुन्सा गाउँ पुग्न सकिन्छ। घुन्साबाट थप दुईदेखि तीन दिनको पदयात्रापछि पाङपेमा पुगिन्छ। यस मार्गमा होटल, लज तथा होमस्टेको सुविधा उपलब्ध छ।

दक्षिणी आधार शिविर ओक्ताङ अर्थात् यालुङ करिब चार हजार ७३० मिटर उचाइमा छ। फुङ्लिङबाट करिब सात घण्टाको सवारी यात्रापछि याम्फुदिन पुगिन्छ। त्यहाँबाट करिब तीन दिन पैदल यात्रा गरेपछि दक्षिणी आधार शिविर पुग्न सकिन्छ। यस मार्गमा पनि स्थानीय बस्ती, होमस्टे र गाइडको सुविधा रहेको छ।

कञ्चनजंघा पदयात्रा र आरोहण जति आकर्षक छ, चुनौती पनि उत्तिकै छन्। बदलिँदो मौसम, उच्च उचाइमा अक्सिजनको कमी र हिमपहिरोको जोखिमले यात्रा कठिन बनाउँछ। हिमाल आरोहणका लागि उच्चस्तरको शारीरिक तयारी, पर्याप्त तालिम र अनुभवी शेर्पाको सहयोग आवश्यक पर्छ।

पर्यटनको सम्भावना बढेसँगै कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र स्थानीय प्रशासनले पूर्वाधार विस्तारमा जोड दिएका छन्। नयाँ पदमार्ग विकास, भरपर्दो सञ्चार तथा इन्टरनेट सुविधा, प्राथमिक स्वास्थ्य सेवा, वातावरणमैत्री शौचालय, सूचनापाटी र आपत्कालीन उद्धार व्यवस्था सुधार गर्न सके यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय व्यवसायीको विश्वास छ।

2