काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।
अभियानअन्तर्गत बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।
म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनै जना विजेता बनेका हुन् । क्यान खोल्दा नै आकर्षक पुरस्कार जितेपछि उनीहरूको दशैंको खुसी थपिएको कम्पनीले जनाएको छ ।
पुरस्कार जितेको अनुभव सुनाउँदै धादिङको गल्छीका संजोग रिमालले क्यान खोल्दा यति ठूलो सरप्राइज पाइएला भन्ने नसोचेको बताए । पुरस्कार जितेको थाहा पाउँदा सुरुमा विश्वासै नलागेको उल्लेख गर्दै उनले यसपालिको दशैं म्याक्स टाइगरले विशेष बनाइदिएको प्रतिक्रिया दिए ।
म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो ।
अभियानअन्तर्गत १८ जना उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।
दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि अभियानप्रति चाडपर्वको उत्साह थपिएको कम्पनीको भनाइ छ ।
