Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हुन्डाईको नयाँ बायोङ एसयूभी सार्वजनिक

हुन्डाईको नयाँ बायोङ एसयूभी सार्वजनिक
A A+ A-

एजेन्सी । हुन्डाई मोटरले सन् २०२६ को पेरिस मोटर शोमा नयाँ बायोङ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । पेट्रोल इन्जिनमा उपलब्ध हुने यो एसयूभीको हाइब्रिड संस्करण सन् २०२७ मा बजारमा आउने कम्पनीले जनाएको छ ।

नयाँ बायोङमा ठूलो रियर लेगरुम, ४४० लिटरको बुट क्षमता, पानोरामिक सनरुफ र आधुनिक प्रविधि समावेश छन् । हुन्डाईले यसलाई दैनिक यात्रा, पारिवारिक प्रयोग र लामो दूरीको यात्रालाई ध्यानमा राखेर विकास गरेको जनाएको छ ।

नयाँ बायोङको लम्बाइ ४ हजार २४५ मिलिमिटर, चौडाइ १ हजार ८१० मिलिमिटर र उचाइ १ हजार ५६५ मिलिमिटर छ । यसको ह्विलबेस २ हजार ६०० मिलिमिटर रहेको छ । अघिल्लो संस्करणको तुलनामा यसको लम्बाइ ६५ मिलिमिटर र ह्विलबेस २० मिलिमिटर बढाइएको छ ।

हुन्डाईका अनुसार, नयाँ बायोङमा आफ्नो श्रेणीअनुसार पछाडिका यात्रुका लागि पर्याप्त लेगरुम तथा अगाडि र पछाडि दुवैतर्फ राम्रो हेडरुम र सोल्डर रुम उपलब्ध छन् । पछाडिका सिटमा रिक्लाइनिङ सुविधा, सेन्टर आर्मरेस्ट, हिटरयुक्त सिट र छुट्टै भेन्टिलेसनको व्यवस्था छ । अगाडिका सिटमा पनि हिटिङ र भेन्टिलेसन सुविधा उपलब्ध छन् ।

यसको ४४० लिटरको बुटमा भुइँमुनि थप सामान राख्ने ठाउँसमेत छ । बुट क्षमताका आधारमा यो हुन्डाई क्रेटाभन्दा सात लिटर ठूलो रहेको छ ।

नयाँ बायोङमा १.० टी–जीडीआई टर्बो पेट्रोल इन्जिनका दुई विकल्प उपलब्ध हुनेछन् । ९० पीएस र ११५ पीएस क्षमताका इन्जिनमा ६ स्पिड म्यानुअल वा ७ स्पिड डुअल क्लच गियरबक्सको विकल्प दिइएको छ । यसको अधिकतम गति प्रतिघण्टा १६७ देखि १८० किलोमिटरसम्म रहने कम्पनीको प्राविधिक विवरणमा उल्लेख छ ।

सन् २०२७ मा सार्वजनिक हुने १.६ एचईभी हाइब्रिड संस्करणले १३८ पीएस पावर उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसमा ६ स्पिड डुअल क्लच गियरबक्स र एडाप्टिभ रिजेनेरेटिभ ब्रेकिङ प्रणाली रहनेछ । उक्त प्रणालीले चालकलाई विद्युतीय सवारीसाधनमा जस्तै ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रविधितर्फ नयाँ बायोङमा १२.३ इन्चका दुईवटा कर्भ्ड डिस्प्ले, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो र वायरलेस चार्जिङ सुविधा छन् । हुन्डाई डिजिटल की २ मार्फत मिल्दो स्मार्टफोन वा स्मार्टवाचबाट गाडी अनलक गर्न र स्टार्ट गर्न सकिनेछ ।

सुरक्षाका लागि हुन्डाईको स्मार्टसेन्स प्याकेजअन्तर्गत हाइवे ड्राइभिङ असिस्ट २, सराउन्ड भ्यु मनिटर, ब्लाइन्ड स्पट भ्यु मनिटर, स्मार्ट क्रुज कन्ट्रोल र लेन फलोइङ असिस्टजस्ता सुविधा उपलब्ध हुनेछन् । पार्किङ तथा सम्भावित ठक्करबाट जोगिन सहयोग गर्ने विभिन्न प्रणाली पनि समावेश गरिएका छन् ।

कम्पनीले नयाँ बायोङको स्पोर्टी एन लाइन संस्करणसमेत सार्वजनिक गरेको छ । यसमा १८ इन्चका विशेष पांग्रा, हाई ग्लोस ब्ल्याक क्ल्याडिङ, इन्टिग्रेटेड ट्विन निकास र विशेष डिजाइनका सिट राखिएका छन् ।

हुन्डाईले नयाँ बायोङको मूल्य भने सार्वजनिक गरेको छैन । केही सञ्चारमाध्यमका रिपोर्टअनुसार यसको अनुमानित मूल्य भेरियन्टअनुसार ९ लाखदेखि १७ लाख ५० हजार भारतीय रुपैयाँसम्म हुन सक्नेछ ।

2