Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारतमा १५.५ अर्ब डलर लगानी गर्दै हुन्डाई

भारतमा १५.५ अर्ब डलर लगानी गर्दै हुन्डाई
A A+ A-

एजेन्सी । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई मोटर ग्रुपले भारतमा सन् २०२६ देखि २०३२ सम्म १५.५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले भारतलाई आफ्नो विश्वव्यापी विस्तार र दीर्घकालीन व्यावसायिक वृद्धिका लागि महत्त्वपूर्ण बजार मानेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि जारी विज्ञप्तिमा हुन्डाई मोटर ग्रुपका कार्यकारी अध्यक्ष युइसन चुङले भारत कम्पनीका लागि महत्त्वपूर्ण रणनीतिक बजार रहेको बताएका छन्। प्रस्तावित लगानीले आगामी तीन दशक र त्यसपछिसम्म भारतीय बजारप्रतिको प्रतिबद्धता देखाउने उनको भनाइ छ।

सात वर्षे लगानी योजनाअन्तर्गत कम्पनीले सवारीसाधन उत्पादन क्षमता विस्तार, अनुसन्धान तथा विकास पूर्वाधार निर्माण, स्थानीय पाटपुर्जा आपूर्तिकर्ताको विकास र नयाँ प्रविधिमा लगानी गर्नेछ। योजनालाई कार्यान्वयन गर्न भारतमा छुट्टै लगानी निकाय स्थापना गर्ने कम्पनीले जनाएको छ।

भारतमा यात्रुवाहक सवारीसाधनको माग बढ्दै गएको छ। सोसाइटी अफ इन्डियन अटो म्यानुफ्याक्चरर्स (सियाम) का अनुसार अगस्टमा भारतमा ४ लाख ३९ हजार यात्रुवाहक कार बिक्री भएका थिए। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३६ प्रतिशतभन्दा बढी हो।

भारतको कार बजारमा हुन्डाई प्रमुख उत्पादकमध्ये एक हो। यस वर्ष अप्रिलदेखि अगस्टसम्म कम्पनीले भारतमा २ लाख ४७ हजार ९८० यात्रुवाहक कार बिक्री गरेको थियो। उक्त अवधिमा मारुती सुजुकी सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनी बनेको थियो भने महिन्द्रा एन्ड महिन्द्रा दोस्रो स्थानमा थियो।

मार्च २०२६ मा समाप्त भएको आर्थिक वर्षमा भने महिन्द्रा एन्ड महिन्द्रा र टाटा मोटर्सले बिक्रीमा उछिनेपछि हुन्डाई चौथो स्थानमा पुगेको थियो।

हुन्डाईको भारतमा वार्षिक १४ लाख सवारीसाधन उत्पादन गर्ने क्षमता छ। कम्पनीले भारतमा उत्पादन भएका सवारीसाधन अन्य देशमा समेत निर्यात गर्दै आएको छ।

सन् २०२४ मा हुन्डाईले आफ्नो भारतीय व्यावसायिक एकाइ हुन्डाई मोटर इन्डियालाई सेयर बजारमा सूचीकृत गरेको थियो। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ३.३ अर्ब अमेरिकी डलर संकलन गरेको थियो। उक्त आईपीओ भारतको त्यतिबेलासम्मकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासन थियो।

भारतमा नयाँ लगानीमार्फत उत्पादन, प्रविधि विकास र स्थानीय आपूर्ति सञ्जाल विस्तार गर्ने हुन्डाईको योजनाले विश्वकै प्रमुख अटोमोबाइल बजारमध्ये एकमा कम्पनीको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।

2