काठमाडौं । कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको करसहित २.१०५३ प्रतिशत लाभांश पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरणसमेत पारित गरेको छ।
२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ।
