Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी गर्न निगमको निर्देशन

ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी गर्न निगमको निर्देशन
A A+ A-

काठमाडौं: नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। ग्यास बिक्रेताहरूले ग्राहक र डिलरलाई बिल नदिएको व्यापक गुनासो आएपछि निगमले यस्तो कडाइ गरेको हो।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै उद्योगहरूलाई पत्र पठाउँदै बिक्रेताहरूले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन भनेको छ। निगमद्वारा जारी पत्रमा भनिएको छ, ‘उद्योगहरूबाट नियुक्त भएका कतिपय बिक्रेताहरूले ग्यास बिक्री गरेपश्चात् बिल बिजक जारी गर्ने नगरेको भन्ने गुनासो आएको हुँदा अनिवार्य रूपमा बिक्रेतालाई भ्याट बिल जारी गरी ग्यासको बिक्री वितरणको व्यवस्था मिलाउन अनुरोध छ।’

बजारमा ग्यास कारोबारलाई पारदर्शी बनाउन र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले निगमले यो कदम चालेको हो। निगमले यसअघि पनि सम्बन्धित सङ्घहरूलाई पत्राचार गरी निर्णय कार्यान्वयनका लागि निर्देशन दिइसकेको जनाएको छ।

2