Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेपाल–भारतबीच मानसिक स्वास्थ्यमा सहकार्य हुने

नेपाल–भारतबीच मानसिक स्वास्थ्यमा सहकार्य हुने
A A+ A-

काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग र पुनःस्थापनाका लागि नेपाल र भारतका दुई संस्थाबीच सहकार्य हुने भएको छ ।

भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्र र नेपालको ललितपुरस्थित युनाइटेड फेलोसिप नेपाल (युएफएन) ले मानसिक स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने भएका हुन् ।

‘स्वस्थ भोलिका लागि सँगै अघि बढौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे जनचेतना फैलाउने, प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने र उनीहरूको जीवन सहज तथा सम्मानजनक बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यक्रमअन्तर्गत गोवामा दुवै संस्थाका प्रतिनिधिबीच संयुक्त बैठकसमेत भएको थियो । बैठकमा गाना गोवाका मनोचिकित्सक डा. प्याट्रिक, मनोसामाजिक परामर्शदाता फ्रान्सिस्को फर्नान्डिस र युनाइटेड फेलोसिप नेपालका संस्थापक अध्यक्ष सुजिन महर्जन सहभागी थिए ।

बैठकमा मानसिक स्वास्थ्यका क्षेत्रमा अनुभव आदानप्रदान, मनोसामाजिक सहयोग विस्तार र पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको महर्जनले जानकारी दिए ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिलाई आवश्यक परामर्श, सहयोग र पुनःस्थापनाको अवसर उपलब्ध गराउनुका साथै उनीहरूप्रति सकारात्मक सामाजिक दृष्टिकोण विकास गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

महर्जनले नेपाली टोलीलाई न्यानो स्वागत र आत्मीय आतिथ्य प्रदान गरेकामा गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्रको टोलीप्रति आभार व्यक्त गरे ।

दुई संस्थाबीचको सहकार्यबाट आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना, मनोसामाजिक सहयोग र पुनःस्थापनाका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

2