Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित
A A+ A-

कञ्चनपुर। तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् ।

विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् ।

सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का सिर्जना जोशीले विगतका वर्षमा उत्पादन गरेको फूल बिक्री नहुँदा घाटा बेहोर्नुपरेको अनुभव सुनाइन् ।

“दुई वर्षअघिसम्म फूल उत्पादन गरे पनि बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्यौँ”, जोशीले भनिन्, “गत वर्ष फूलले बजार पाएपछि राम्रो आम्दानी भयो ।” उनले स्थानीय प्रशासनले प्लाष्टिकका मालामा रोक लगाउनुका साथै भारतबाट आउने फूलमा रोक लगाएपछि स्थानीय फूलले बजार पाएको बताइन्।

“गत वर्ष फूलले बजार पाउँदा यस वर्ष खेती बढाएको छु”, उनले भनिन्, “यस वर्ष तिहारअघि नै फूलको बुकिङ आउन थालेको छ उत्साहित छौँ”, उनले अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको बताइन् ।

तीन सय बोट फूलको रोपेर सात वर्षअघिदेखि पुष्प व्यवसायमा लागेका उनले हाल १५ कट्ठा जग्गा क्षेत्रफलमा फूल खेती गर्दै आएकी छन् । वार्षिक ३० हजार भाडा तिर्नेगरी १५ कट्ठा जग्गा भाडामा लिएर फूल खेती गर्दै आएकी छन् ।

“दोस्रो वर्ष मैले एक हजार बोट फूल खेती गरेको थिए बजार नपाउँदा सबै कुहियो, त्यसपछि अर्को वर्ष चार हजार बोट खेती गरे बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै बाटोमै कुहियो ।” पुष्प व्यवसायी जोशीले भनिन्, “दुई वर्षअघि मात्रै पनि उत्पादन भएको फूल बिक्री नहुँदा २ क्वीन्टल खेर गएको थियो ।”

गत वर्ष उनले १० कट्ठा जग्गा क्षेत्रफलमा फूल खेती गरेकी थिइन् । फूलले राम्रो बजार पाउँदा उनले राम्रो आम्दानीसमेत गरिन् । “कर्मचारी र मजदुर सबैको खर्च कटाएर डेढ लाख आम्दानी भएको थियो”, उनले भनिन्, “गत वर्ष फूलले बजार पाएपछि यस वर्ष खेती बढाएको छु ।”

विगतमा बजारमा नपाउँदा व्यरोरेको घाटा पनि यस वर्ष नाफामा परिणत हुने उनको अपेक्षा छ । “स्थानीयस्तरमा उत्पादन भएको फूलको बजारका लागि हामीले धेरै संघर्ष गरेका छौँ ।” उनले भनिन्, “तिहारलगायत चाडपर्व र अन्य कार्यक्रममा पनि स्थानीयस्तरमै उत्पादन भएको फूलको प्रयोग गरौँ ।” न्य परम्परागत खेतीभन्दा फूल खेतीमा तीन गुणा बढी आम्दानी हुने भएकाले फूल खेतीमा लागेको उनको भनाइ छ । यसपटक फूलको माग बढेकाले तिहारमा चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य रहेको उनले बताइन्। प्रतिकिलो रु ५०० मा फूल बिक्री हुने गरेको छ ।

फूल खेतीमा राम्रो सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पनि पुष्प व्यवसायमा लागेकी छन् । आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूल खेती गरेकी छन् । “अहिले स्थानीयस्तरमा उत्पादन भएको फूलको माग बढेको छ”, उनले भनिन्, “तिहारमा फूल बिक्रीबाट रु एक लाखसम्म आम्दानी हुने अपेक्षा गरेका छौँ ।” उनले फूल खेतीमा रु २५ हजार लागत लागेको बताइन्। यसपटक फूलले राम्रो बजार पाए अर्को वर्षदेखि खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

तिहारमा सयपत्री फूलको माला, पूजाआजा तथा घर सजावटमा प्रयोग हुने भएकाले यसको माग पछिल्लो समय बढ्दो छ । बजारमा विवाह र सांस्कृतिक कार्यक्रममा आउने सयपत्री फूलको मागलाई लक्षित गर्दै पुष्प व्यवसायीले फूल खेती गर्दै आएका छन् ।

2