Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

भोटेकोशी बाढीपीडितका लागि फुङलिङ नगरपालिकाद्वारा ३४ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि फुङलिङ नगरपालिकाद्वारा ३४ लाख सहयोग
फाइल फोटो: रासस
A A+ A-

काठमाडौं: ताप्लेजुङको फुङलिङ नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३४ लाख ११ हजार ६६० रुपैयाँ ८७ पैसा सहयोग गरेको छ। नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार संकलित रकममध्ये जनप्रतिनिधिबाट एक लाख ७३ हजार ४९० रुपैयाँ, कर्मचारीबाट आठ लाख १९ हजार ६५० रुपैयाँ तथा शिक्षक र विद्यालय कर्मचारीबाट २४ लाख १८ हजार ५२० रुपैयाँ ८७ पैसा रहेको छ।

बाढीबाट भएको जनधनको क्षतिपछि देशभरका विभिन्न स्थानीय तह र संघसंस्थाले राहत कोषमा सहयोग गरिरहेका छन्। यसअघि कपिलवस्तुका स्थानीय तहहरूले दुई करोड २५ लाख १३ हजार रुपैयाँ, बझाङको खप्तडछान्ना गाउँपालिकाले २६ लाख ३८ हजार ८२७ रुपैयाँ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले २५ लाख १६ हजार २५२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका थिए। बझाङकै मष्टा गाउँपालिकाले २२ लाख ६४ हजार १७९ रुपैयाँ र दार्चुलाको मार्मा गाउँपालिकाले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

अर्थ मन्त्रालयको कात्तिक १० गतेसम्मको विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १७ अर्ब ६३ करोड १७ लाख ३२ हजार ५१ रुपैयाँ संकलन भएको छ। सरकारले बाढी प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ। साथै, रसुवालाई एक करोड, नुवाकोटलाई एक करोड र धादिङलाई ५० लाख रुपैयाँ प्रदान गरिएको छ। बाढीपीडितको दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग संकलन र परिचालनलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिइएको छ।

2