Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

एनएसएसले ल्यायो वित्तीय प्रविधिका समाधान

एनएसएसले ल्यायो वित्तीय प्रविधिका समाधान
A A+ A-

काठमाडौं । नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र नियामकीय अनुपालनलाई प्रभावकारी बनाउने उद्देश्यले एनएसएस फाइनान्सियल सर्भिसेजले स्वदेशमै विकसित प्रविधिमा आधारित विभिन्न समाधान अघि सारेको छ ।

कम्पनीले डिजिटल कर्जा प्रवाह, नियामकीय प्रविधि तथा कृत्रिम बुद्धिमत्तामा आधारित प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह, कार्यक्षमता र जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

एनएसएस फाइनान्सियल सर्भिसेजले बैंक तथा वित्तीय संस्थाका लागि जोखिम व्यवस्थापन, वित्तीय गणना र नियामकीय अनुपालनसँग सम्बन्धित विभिन्न प्रविधिगत समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीका प्रमुख समाधानमा डिजिटल कर्जा तथा व्यक्ति–व्यक्तिबीच कर्जा प्रवाह प्रणाली, कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चालन जोखिम व्यवस्थापन, अपेक्षित कर्जा नोक्सानी गणना, प्रभावकारी ब्याजदर गणना र डिजिटल ग्राहक आबद्धता प्रणाली रहेका छन् ।

डिजिटल कर्जा तथा व्यक्ति–व्यक्तिबीच कर्जा प्रवाह प्रणालीले कर्जा आवेदन, मूल्याङ्कन, ऋणी तथा लगानीकर्ता व्यवस्थापन र कर्जा प्रवाह प्रक्रियालाई सहज तथा छरितो बनाउने कम्पनीको दाबी छ । यसले कर्जा प्रवाहमा लाग्ने समय घटाउनुका साथै वित्तीय कारोबारलाई व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चालन जोखिम व्यवस्थापन प्रणालीले बैंक तथा वित्तीय संस्थामा उत्पन्न हुन सक्ने सञ्चालन जोखिमको पहिचान, मूल्याङ्कन, अनुगमन र न्यूनीकरणमा सहयोग पुर्‍याउनेछ ।

कम्पनीका अनुसार तथ्याङ्कमा आधारित जोखिम पूर्वानुमान प्रणालीले सम्भावित जोखिमलाई समयमै पहिचान गरी वित्तीय संस्थालाई पूर्वसक्रिय रूपमा व्यवस्थापन गर्न सहयोग गर्नेछ । यसबाट जोखिम व्यवस्थापन प्रक्रिया थप प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

कम्पनीले नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस ९ अनुरूप अपेक्षित कर्जा नोक्सानी गणना तथा मापन गर्ने समाधानसमेत विकास गरेको छ । उक्त प्रणालीले कर्जा तथा अन्य वित्तीय सम्पत्तिको सम्भावित नोक्सानी गणना, मापन र प्रतिवेदन तयार गर्ने प्रक्रियालाई स्वचालित तथा व्यवस्थित बनाउने जनाएको छ ।

यसैगरी, प्रभावकारी ब्याजदर गणना प्रणालीले कर्जासम्बन्धी शुल्क, ब्याजदर, भुक्तानी तालिका, संशोधन तथा अन्य वित्तीय कारोबारको प्रभावकारी ब्याजदर गणना गर्न सहयोग गर्छ । यसबाट वित्तीय प्रतिवेदनको शुद्धता र पारदर्शिता अभिवृद्धि हुने कम्पनीको विश्वास छ ।

डिजिटल ग्राहक आबद्धता प्रणालीमार्फत ग्राहक पहिचान, विवरण सङ्कलन, डिजिटल आवेदन र ग्राहक आबद्धताको प्रक्रियालाई सरल तथा प्रविधिमैत्री बनाउन सकिने कम्पनीले जनाएको छ ।

यी समाधानको प्रयोगबाट बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता अभिवृद्धि, सञ्चालन लागत न्यूनीकरण, जोखिम व्यवस्थापन सुदृढीकरण र नियामकीय व्यवस्था पालना गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । साथै, ग्राहक सेवाको गुणस्तर सुधारमा समेत योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।

एनएसएस फाइनान्सियल सर्भिसेजका अनुसार कम्पनीले विकास गरेका समाधान नेपाली वित्तीय क्षेत्रको आवश्यकता, प्रचलित नियामकीय व्यवस्था र स्थानीय व्यावसायिक परिवेशलाई ध्यानमा राखेर तयार गरिएका हुन् ।

अन्तर्राष्ट्रिय स्तरका प्रविधिगत अभ्यासलाई नेपालको वित्तीय क्षेत्रको वास्तविक आवश्यकतासँग जोड्ने उद्देश्यले यस्ता समाधान विकास गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण प्रविधिको प्रयोगमा मात्र सीमित नभई वित्तीय संस्थाको कार्यक्षमता, जोखिम व्यवस्थापन, सुशासन र ग्राहक अनुभवमा समेत सुधार ल्याउने खालको हुनुपर्नेमा जोड दिएको छ ।

डिजिटल बैंकिङ, वित्तीय प्रविधिमा नवप्रवर्तन, नियामकीय प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित जोखिम व्यवस्थापनको आवश्यकता बढ्दै गएको सन्दर्भमा स्वदेशमै विकसित प्रविधिको प्रवर्द्धन तथा वित्तीय सेवाको आधुनिकीकरणमा योगदान विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

2